विमान कम्पनीद्वारा तीन नयाँ एयरलाइन्स थपिने

कार्तिक ३ - नेपालतर्फ देखिएको पर्यटक आकर्षणसँगै नयाँ विमान कम्पनीको चासो पनि बढ्न थालेको छ । यसअघि यात्री नपाएर बन्द भएका सहित तीन नयाँ विमान कम्पनीले काठमाडौं सीधा उडानको माग गर्दै आवेदन दिएका छन् ।रसियाको एरोफ्लोट, श्रीलंकन एयरलाइन्स र संयुक्त अरब (युएई) को आरएके एयरवेजले पनि छिट्टै नेपालबाट उडान गर्ने तयारी थालेका छन् । नेपालमा चर्किएको द्वन्द्वसँगै बन्द भएका एरोफ्लोट र श्रीलंकन एयरले नेपालतर्फको आवतजावत बढन् थालेकैले फेरि चासो देखाएका हुन् । पछिल्लो दुई वर्षमा यहाँ सेवा दिन १० वटा विदेशी एयरलाइन्सले सीधा उडान सुरु गरेका छन् । यीसँगै अन्तर्राष्ट्रिय उडान... 

भर्ने कम्पनीको संख्या २८ पुगेको छ । नयाँ तीन कम्पनीले पनि सेवा सुरु गरेपछि एक नेपाली सहित ३० विदेशी वायु सेवा कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टेक्नेछन् ।यहाँबाट उडान गर्न अनुमति पाएको पछिल्लो विमान कम्पनी इन्डिगो एयरलाइन्स हो । यो भारतीय कम्पनीले यही कात्तिक ११ गतेदेखि काठमाडौं-दिल्ली उडान सुरु गर्दै छ ।

सेवा सुरु गर्ने चासो देखाएका मध्ये एरोफ्लोटले भने सन् २००१ सम्म नेपाल उडान गथ्र्यो । त्यसपछि द्वन्द्वका कारण पर्यटन क्षेत्र धराशायी भएकाले कम्पनीले उडान स्थगित गरेको थियो । 'पर्यटक आगमनका कारण हवाई व्यवसाय फस्टाइरहेकाले फेरि चासो दिएको छ,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने 'तीन वटै कम्पनीलाई सेवा सञ्चालन गर्न दिन उच्च अधिकारीबीच छलफल भइरहेको छ ।' 

नेपाल आउने पर्यटकसँगै वैदेशिक रोजगारका लागि नेपालीहरू बिदेसिन थालेपछि विमान कम्पनीको चासो थप बढेको हो । दैनिक करिब १ हजार युवा रोजगारीको अवसर खोज्दै बिदेसिने गरेका छन् । यत्तिकै हाराहारीमा काममा गएकाहरू फर्किने अनुमान सरकारको छ । यसैगरी १० लाख पर्यटकलाई स्वागत गर्ने गरी ल्याइएको पर्यटन वर्षले पनि नेपालतर्फको आकर्षण बढाएको छ । सन् २०११ को पहिलो ६ महिनामा २०१० को सोही अवधिको तुलनामा १९ दशमलव ३९ प्रतिशतले पर्यटक बढेका छन् । जनवरीदेखि सेप्टेम्बरसम्म करिब ३ लाख ७० हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएको तथ्यांक छ ।

श्रीलंकन एयरलाइन्सले भारतको दिल्ली हुँदै नेपालबाट उडान गर्ने योजना बनाएको आचार्यले बताए । एयरलाइन्सले सन् २००८ मा श्रीलंकाबाट दिल्ली हुँदै अन्य मुलुकमा सीधा उडान गर्ने पाँचौ स्वतन्त्रता अधिकार(फिफ्थ फ्रिडम) पाएको छ । त्यस्तै युएईबाट उडान गर्ने चासो देखाएको आरएके एयरवेजलाई अनुमति दिनुअघि दुई देशबीचको हवाई सम्झौता परिमार्जन गर्नुपर्ने हुन्छ । हालको सम्झौता अनुसार दुई मुलुकबीच साताको २८ उडान गर्न पाउने व्यवस्था छ । यसअन्र्तगत एयर अरेयिबा, फ्लाई दुबई र इत्तिहाद एयरवेजले उडान गरिरहेका छन् ।

एयर अरेयिबा र फ्लाई दुबई साताको १४/१४ उडान गरिरहेका छन् । त्यस्तै इत्तिहादले दैनिक एक उडान गरिरहेको छ । सम्झौताअनुसार पाएको सिट क्षमता पहिले नै प्रयोग भइसकेकाले फ्लाई दुबईले सरकारले व्यवस्था गरेकेा 'टेम्पोररी अपरेटिङ परमिट (टप)' का आधारमा सात उडान गर्दै आएको छ । 'सरकारले पर्यटन वर्षलाई लक्षित गरी २०११ का लागि मात्र टप आधारमा उडान गर्न दिने हो,' आचार्यले भने, 'सम्झौताभन्दा बढी उडानका लागि परिमार्जन गरेर उडान गर्न पाउने सिट फ्रिक्वेन्सी बढाउनुपर्छ ।' तर एयर अरेबियालाई पाँचौं स्वतन्त्रता अधिकार दिनेबारे भएको विवादका कारण सम्झौता परिमार्जन हुने/ नहुनेमा आशंका छ ।अरेबियाले काठमाडौं हुँदै मलेसिया उडानका लागि यो अधिकार माग गरेकामा सरकारले स्वीकृति दिए पनि नेपाल वायु सेवा निगमको विरोधपछि फिफ्थ फ्रिडमको निर्णय रद्द गरिएको थियो । स्रोत: कान्तिपुर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel