चलचित्र 'फर्कि आऊ' बालबालिकालाई हेर्न बन्देज

आउदो शुक्रबारदेखि देशब्यापी रिलिज हुन लागेको चलचित्र 'फर्कि आऊ' मा हिन्सात्मक दृश्यहरू ज्यादा भएको भन्दै सेन्सर बोर्डले उक्त चलचित्र बालबालिकाहरूलाई हेर्न नमिल्ने गरी सेन्सर र्सर्टिफिकेट थमाएको छ । सोमबार बिहान सेन्सरबोर्डमा चलचित्र जाचपासका लागि पुगेका निर्देशक ओम प्रतिकलाई बोर्डले अभिावकको उपस्थिति बिना चलचित्र हेर्न  नमिल्ने गरी पि.जी. (प्यारेन्टल गाईडेन्स)   र्सर्टिफिकेट थमाएको हो । यस्तै बोर्डले एक दृश्यमा बालकले खुकुरी समाएको हाईस्पिड सर्टलाई समेत कैची लगाएको निर्माता बाबुराम दाहालले जानकारी दिए ।
पर्बत  फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा विभिन्न राजनीतिक ...


मुद्धा र विचारमा लागेका ब्यक्तिलाई देश विकासका लागि फर्कि आऊ, देश छोडोर गएको छोरालाई आमालाई फर्कि आऊ भनेको तथा छोडेर गएको प्रेमिलाई प्रेमिकाले फर्कि आऊ भन्ने प्रसंग समेटिएको बताईएको छ ।  जहा राजेश हमाल र  निरूता सिहं प्रमुख भूमिकामा छन् ।  फर्कि आऊ कात्तिक २५ गते देखि राजधानीका एक दर्जन सिनेमा घर र राजधानी बाहिरका तीन दर्जन बढी सिनेमा घरमा लाग्दैछ ।  

एक प्रसंग, पछिल्ला समय सेन्सर बोर्डले विभिन्न चलचित्र जाच गरिसकेपछी विभिन्न र्सर्टिफिकेट थमाए पनि प्रचार गरिएका पोष्टरहरूमा फिल्मले यो र्सर्टिफिकेट पायो भनेर उद्रित  गरिएको पाईएको छैन । जसका लागि सेन्सर बोर्ड र सम्बन्धीत निर्माताहरूको ध्यान नगएको जस्तो देखिन्छ । तर आम पब्लिकले कुन सिने कस्तो दर्शकले हेर्ने हो भन्ने बारेमा  पोष्टर, होर्डिङ बोर्ड र प्रोमोहरूबाट बुझ्न पाईरहेका हुदैन ।  त्यसैले सेन्सर  र्सर्टिफिकेट हातमा थमाउनु भन्दा पनि त्यसको प्रयोग कहाँ र कसरी गर्ने भन्ने कुरालाई स्वयम निर्माताहरू र सेन्सर बोर्डले कर्डाईका  साथ लागु गर्नु पर्ने जरूरी देखिन्छ । 
स्रोत: फिल्मी खबर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel