साउदी अरबको दूतावासले हस्तलिखित राहदानीमा भिसा नलगाउने

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य साउदी अरबले हस्तलिखित राहदानीमा ‘भिसा स्ट्याम्पिङ’ गर्न अस्वीकार गरेको । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०१५ को डिसेम्बरसम्म हस्तलिखित राहदानीको सीमा तोके पनि साउदीले हस्तलिखित राहदानीमा भिसा स्ट्याम्पिङ गर्न अस्वीकार गरेको हो ।बंगलादेशस्थित साउदी अरबको दूतावासले हस्तलिखित राहदानी भिसा नलगाई फर्काइदिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजूले बताए । साउदी अरबले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)मा मात्र भिसा स्ट्याम्पिङ गर्ने बताएको अध्यक्ष बाटाजूले...

जानकारी दिए । उनका अनुसार अहिले म्यानपावर एजेन्सीसँग ८० प्रतिशत हस्तलिखित राहदानी र २० प्रतिशतमात्र एमआरपी उपलब्ध छ । सरकारले २०६७ साल पुस ४ गतेदेखि एमआरपी उपलब्ध गराउँदै आएको छ । नेपालमा साउदी अरबको दूतावास नहुँदा भिसा स्ट्याम्पिङका लागि म्यानपावर व्यवसायीहरू बंगलादेश जाने गर्छन् ।
साउदीले हस्तलिखित राहदानीमा भिसा लगाउन अस्वीकार गरेको विषयमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई जानकारी गराइसकेको संघका अध्यक्ष बटाजुले बताए । परराष्ट्र र श्रम मन्त्रालयले कूटनीतिक पहल गरी हस्तलिखित राहदानी नचलाउने निर्णय फिर्ता गराउनुपर्ने उनको भनाइ छ । “आईकाओको प्रावधानविपरीत साउदी अरबले हस्तलिखित राहदानीमा भिसा नलगाउनु गलत छ,” संघका अध्यक्ष बाटाजूले भने, “हस्तलिखित राहदानी नचलाउने भए पनि म्यानपावर एजेन्सीलाई जानकारी गराई यसका लागि समय उपलब्ध गराउनुपथ्र्यो ।”
साउदीले हस्तलिखित राहदानीमा भिसा स्ट्याम्पिङ नगर्दा व्यवसायीहरूलाई आर्थिक भार थपिने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष बलबहादुर तामाङले बताए । “धेरै कामदारको राहदानी साउदी अरबका लागि भिसा स्ट्याम्पिङ प्रक्रियामा छ,” उनले भने, “साउदी अरबका लागि स्वास्थ्य परीक्षण गर्नुअघि र पछि मोफा रकम १०.५ डलर (८ हजार ४ सय रुपैयाँ)का दरले २१ डलर (१६ हजार ८ सय रुपैयाँ) तिर्नुपर्छ । यसका साथै स्वास्थ्य परीक्षण शुल्क ३ हजार २ सय रुपैयाँ लाग्छ ।” उनका अनुसार एमआरपी बनाउन ४५ दिनभन्दा बढी लाग्छ । रोजगारदाताहरूले यति लामो अवधि पर्खन सक्दैनन् । त्यसपछि नयाँ प्रक्रिया सुरु हुनेछ ।
यस विषयमा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई जानकारी गराइसकेको मञ्चका अध्यक्ष तामाङले बताए । “यसबारे मलाई थाहा थिएन,” महानिर्देशक भट्टराईलाई उद्धृत गर्दै उनले भने, “परराष्ट्र मन्त्रालयलाई भोलि पत्र पठाउनेछु ।”
परराष्ट्र मन्त्रालयका सहप्रवक्ता तीर्थराज वाग्लेले साउदी अरबमा हस्तलिखित राहदानीलाई मान्यता नदिने विषयमा कुनै जानकारी नआएको बताए । “साउदी अरबले आन्तरिक कारणले यस्तो गर्न खोजेको होला,” उनले भने, “यसबारे चाँडै जानकारी लिनेछु ।”
नेपाली कामदार भाग्न थाले
वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली कामदारहरू कम्पनीबाट भाग्ने क्रम बढेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजूले जानकारी दिए । “नेपाली कामदारहरू कम्पनी छोडेर भाग्न थालेका छन्,” अध्यक्ष बाटाजूले भने, “जसका कारण उनीहरू गैरकानुनी हुन्छन् । त्यसपछि कामदारलाई स्वदेश फर्किन समस्या पर्छ ।” उनका अनुसार यसबाट म्यानपावर व्यवसायी र रोजगारदाताबीचको सम्बन्ध पनि बिग्रिँदै गएको छ । त्यसैले श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यसप्रति चासो देखाउनुपर्ने उनको भनाइ छ । स्रोत: कारोबार

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel