नेपालको दूरसञ्चार क्षेत्रमा एनसेलले हासिल गरेको प्रगतिप्रति बहुराष्ट्रिय कम्पनी टेलिया सोनेराले सन्तुष्टि जनाएको छ । आफूसँग आबद्ध युरोप तथा एसियाली मुलुकमा भन्दा नेपालमा यसको विस्तार र विकास अगाडि रहेको उसले बताएको छ ।नेपालमा लगानीमैत्री वातावरण नभएको भन्दै बहुराष्ट्रिय कम्पनीहरूले लगानी गर्न अनिच्छा जनाइरहेका बेला टेलिया सोनेराले एनसेलको प्रगतिप्रति सन्तुष्टि जनाएको हो । नेपालमा जारी राजनीतिक संक्रमणका बेलासमेत एनसेलको विकास र विस्तार युरोपेली क्षेत्रको तुलनामा छिटो भएको उसले बताएको छ ।युरोपेली मुलुकहरू प्रविधिमा धेरै अगाडि भए पनि एक वर्षको अवधिमा...
दोब्बर ग्राहक बढाउन मुस्किल पर्ने गरेको कम्पनीको अनुभव छ । “हाम्रो सेवा गुणस्तरीय भएकै कारण नेपाली ग्राहकले मन पराएका हुन्, भविष्यमा यसप्रति अझै ध्यान दिनेछौं,” टेलिया सोनेरा युरेसिया क्षेत्रका व्यापार प्रमुख टेरो किभिसारीले भने, “एनसेलको बजार आक्रामक रूपमा बढेको छ, यसप्रति हामी पूर्ण गौरवान्वित छौं र भविष्य पनि राम्रै हुने आशा गरेका छौं ।”
दोब्बर ग्राहक बढाउन मुस्किल पर्ने गरेको कम्पनीको अनुभव छ । “हाम्रो सेवा गुणस्तरीय भएकै कारण नेपाली ग्राहकले मन पराएका हुन्, भविष्यमा यसप्रति अझै ध्यान दिनेछौं,” टेलिया सोनेरा युरेसिया क्षेत्रका व्यापार प्रमुख टेरो किभिसारीले भने, “एनसेलको बजार आक्रामक रूपमा बढेको छ, यसप्रति हामी पूर्ण गौरवान्वित छौं र भविष्य पनि राम्रै हुने आशा गरेका छौं ।”
एनसेल ब्रान्डबाट सेवा दिन थालेपछि नेपालमा ग्राहक वार्षिक दोब्बर भएको कम्पनीको दाबी छ । सुरुमा ‘मेरो मोबाइल’ ब्रान्डबाट सेवा दिँदा कम्पनीसँग १० लाख ५० हजारमात्रै ग्राहक थिए । “मेरो मोबाइलबाट खासै सफलता नपाइरहेका बेला ‘एनसेल’ ब्रान्डबाट सेवा दिँदा शतप्रतिशत सफलता मिलेको छ,” किभिसारीले भने ।
नेपालमा भौगोलिक कठिनाइले गर्दा भौतिक पूर्वाधारमा धेरै लगानी गर्नुपरे पनि ग्राहक आधार सन्तोषजनक भएको कम्पनीको भनाइ छ ।
गुणस्तरीय सेवा नै कम्पनीको प्रतिबद्धता भएकोले भौतिक पूर्वाधार र सेवाको गुणस्तर सुधारमा ठूलो लगानी गरिएको एनसेलकी कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले बताइन् ।
सन् २००८ को अन्त्यसम्म करिब १० लाख ७० हजारको हाराहारीमा रहेका एनसेलका ग्राहक एक वर्ष अवधिमा २० लाख २० हजार भएका थिए । सन् २०१० मा २० लाख बढेर ग्राहक संख्या ४० लाख नाघेको कम्पनीले जनाएको छ । कम्पनीको पछिल्लो तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा यसका ग्राहक ६६ लाख पुगिसकेका छन् । यो वृद्धि अत्यन्त सन्तोषजक रहेको टेलिया सोनेराले बताएको छ ।
सेकेन्ड जेनेरेसन (टुजी) जीएसएम प्रिपेड र पोस्टपेड सेवा कम्पनीका मुख्य सेवा हुन् । नेटवर्क एक्सेस र टेलिकम सेवा दिँदै आएको कम्पनीले नर्वेदेखि नेपालमसम्म गरी १७ वटा देशमा सेवा विस्तार गरिसकेको छ । स्रोत: कारोबार















Nepalese Rupee Converter
