लामो समय सम्मको अमेरिका बसाईं पछी नेपाल आएकी गायिका सरिश्मा अमात्यले एउटा गतिलो एल्बम प्रस्तुत गर्ने तयारी गरिरहेकी छिन् । आफ्नै नामको एल्बम "सरिश्मा" बाट सांगीतिक जगतमा प्रवेश गरेकी सरिश्माको दोश्रो एल्बम "मधुरिमा" पछि उनको यो तेश्रो सोलो एल्बम हो ।बेस्ट अफ सरिश्मा र अन्य कलेक्सन एल्बम बाहेक चार पाँचवटा चलचित्रका तथा नेवारीसहित झन्डै दुई सयजति गीतमा आफ्नो स्वरमाधुर्य पस्किइसकेकी यी गायिकाले तेस्रो एल्बमलाई "प्यासन" नाम दिएकी छिन्।
रोमान्टिक फास्ट ट्रयाक लोक आधुनिक पपवेश स्पानिस टाइप र फिल्मी फ्लेबरका गीतहरु समाबेश गरिएको उनको यस एल्बममा मागेर माया पाइँदैन करले पनि माया लाइँदैन माया त आफैं हुन्छ अल्लारे धोका भयो भन्न पाइँदैन बोलको अनिल शाहीद्वारा संगीतबद्ध तथा धु्रवरत्न तुलाधरद्वारा रचित फिल्मी शैलीको गीतको भने उनले म्युजिक भिडियो पनि बनाइसकेकी छिन्। जसको निर्देशन प्रणव जोशीले गरेकाछन् ।
"अर्को एउटा गीतको म्युजिक भिडियो पनि बनाउने प्लान थियो तर यसो उसो गर्दागर्दै टाइम नै पुगेन" झन्डै डेढ महिनादेखि काठमाडौं रही आगामी साता एल्बम विमोचन गराएर दुई सातापछि अमेरिका फर्कने तयारीमा रहेकी गायिकाले भनिन्- अर्को गीतको भिडियो अब उतै गएर बनाएर पठाएर पठाउनुपर्ला।’ साजीवले लेखेको र संगीत गरेको गीतको भिडियो साजीवले नै बनाउँछ होला। उसलाई म्युजिक भिडियो बनाउने इन्ट्रेस्ट पनि छ।बिमोचनको तयारीमा रहेको उनको यस एल्बमका लागि धु्रवरत्न तुलाधर, आचार्य प्रभा, संजिव प्रधान, दीपक वज्राचार्य, धनेन्द्र विमल, जनकद्वीप र बुद्ध सायमीले गीत रचना गरेका छन् भने संगीत संजिव प्रधान दीपक वज्राचार्य बुद्ध सायमी अनिल शाही र सचिन सिंहको छ।
















Nepalese Rupee Converter
