रेखा फिल्मसले हाल सम्म ६ वटा फिल्म बनाईसकेको छ । जसमध्ये पाँचौ प्रजेक्टलाई सविरले निर्देशन गरेका थिए । यस्तै सोही ब्यानरको छैठो प्रजेक्टको रावण आउदो चैत २७ गते देखि देशब्यापी रिलिज हुने भएको छ । निर्माता छवि ओझाले एक चरणको अपेक्षित सिनेमा रिलिज भैसकेकाले अबको पालो आफ्नो भन्दै पब्लीसिटीमा कुनै कन्जुसाई नगर्ने बताए ।'मैले विगतका सिनेमा जसरी हिट दिएको छु सोही अनुरूप त्यस्तै मिहिनेतका साथ यो सिनेमा बनाउन कुनै कञ्जुसाई गरेको छैन', आत्मविश्वासका साथ छविले भने ।आफ्ना हरेक सिनेमामा नयाँ अनुहारलाई चान्स दिने छविले यो पटक रावणबाट कलाकार कमल कृष्णलाई
निर्देशक बनाएका हुन्भ ने द्धन्दमा चन्द पन्त, क्यामेरामा मदन कास्यप र नायकमा किशोर खतिवडालाई लिड रोल दिएका छन् ।
निर्देशक बनाएका हुन्भ ने द्धन्दमा चन्द पन्त, क्यामेरामा मदन कास्यप र नायकमा किशोर खतिवडालाई लिड रोल दिएका छन् ।
किशोरले यस अघि विभिन्न फिल्म खेले पनि यो फिल्ममा उनी पूर्ण हिरोको भूमिकामा छन् । अन्दाज डेब्यू हिरो सविन पनि यो सिनेमाको लिड क्यारेक्टर हुन् ।
छवी भन्छन 'रावण त्यस्तो सिनेमा हो जहाँ नारी पात्र माथि हिंसा गर्दा उ काली हुन्छे, दुर्गा हुन्छे र उग्रचण्डीको रूप लिदै रावणलाई अन्त्य गर्दछे ।'सिनेमामा मुख्य कलाकार भएर रेखा थापाले अभिनय गरेकी छिन् ।
रेखाले यो सिनेमामा दुर्गा कालीको भूमिकामा आफूलाई प्रस्तुत गरेकी छिन् । बेग्लै चरित्रमा प्रस्तुत भएका कारण रेखा पनि यस चलचित्रबाट आशावादी छिन् । र हामी पनि आशा गरौ यो चलचित्र पक्कै सफल हुनेछ।