महाशिवरात्रीका अवसरमा पशुपतीनाथमा लाखौं भक्तजनहरुको भिड

हिन्दूहरुको पर्व महाशिवरात्रीका अवसरमा लाखौं भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । मुलुक भित्रका मात्र नभइ, भारतबाटसमेत ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आएका छन ।राजधानीको पवित्र पाशुपत क्षेत्रमा यतिखेर महाशिवरात्रीको विशेष रौनक देखिन्छ । त्यस्तै पूर्वको खोटाङ जिल्लामा रहेको खोटाङ हलेसी, जलेश्वरमा रहेको जलेश्वर महादेव लगायतका शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनहरु विशेष आस्थाकासाथ भगवान शिवको पूजा–आराधना गरिरहेको जनाइएको छ ।यसैबीच राजधानीको पशुपतिनाथ मन्दिरमा यसवर्षदेखि वर्जित गरिएको भनिएको गाँजा–भाँङ लगायतको नशालु पदार्थ यस पटक पनि खुल्लमखुल्ला
बिक्रि बितरण भइरहेको स्रोतले जनाएको छ । प्रशासनले यसअघि यसवर्ष साधु–सन्तहरुलाई समेत गाँजा विक्रि–वितरण र सेवनमा समेत रोक लगाउने जनाएको थियो । 

त्यस्तै यस विषयमा प्रहरीसँग बुझ्दा आज शिवरात्रीको दिन भएकाले ‘माथीबाट’ छुट दिनु भन्ने आदेश रहेको बताएको बुझिएको छ ।त्यस्तै यसपटक बढीमा आधाघण्टामा मन्दिर दर्शन गर्न सकिने व्यबस्था भएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर, ८ घण्टासम्म पनि  लाइनमा बसेका भक्तजनहरु पशुपति मन्दिरमा भेटिएका छन् । त्यस्तै पासको नाममा आफ्ना मान्छेलाई लाइनमा नराखी मन्दिर छिराएको भक्तजनहरुले गुनासो गरेका छन् । त्यस्तै मेलालाई ध्यानमाराखी सुरक्षाव्यवस्था पनि अत्यन्तै कडा बनाइएको बताइएको छ । मिडियालाई पनि विशेष कार्ड लिएर आउन आग्रह गरेको बताइएको छ ।
त्यस्तै यसपटक फागुन महिनामा विरलै हुने ५ वटा सोमबार परेका कारण पनि यसपटकको शिवरात्रीले विशेष अर्थ राख्ने धर्मालम्बीहरुले बताएका छन् भने सोही कारण यसपटक देश–विदेशबाट पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढी हुने बताइएको छ ।
यसैबीच पशुपति क्षेत्रमा ठूलो दूर्घटना हुनबाट जोगिएको स्रोतले बताएको छ । पशुपतिक्षेत्रमा रहेको भ¥याङमा एकैपटक १०–१२ वटा गाई–गोरुको प्रवेश भएको र ती गाई–गोरु दौडिदै तलतिर झरेका कारण हजारौं संख्यामा भक्तजनहरुबीच केही समय असहज परिस्थितिको सिर्जना भएको बताइएको छ । यसले दूर्घटना निम्ताउन सक्ने भन्दै भक्तजनको सुरक्षामा ध्यान नदिएको भक्तजनहरुले गुनासो गरेका छन् । तथापी यतिखेरसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ ।
त्यस्तै यसपटक एकहजार रुपैयाँ तिरेमा लाइन नबसी मन्दिर दर्शन गर्ने व्यबस्था मिलाइएको छ भने बृद्धबृद्धा र अशक्तलाई लाइन नबसी दर्शन गर्ने ब्यबस्था मिलाइएको बताइएको छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel