राजधानीमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला जलाए

काठमाडौं, ४ चैत । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा आरोहण गर्न २ करोड रुपियाँ दिने बिवादास्पद निर्णय गरको बिरोधमा नेपाल विद्यार्थी संघले आज राजधानीमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला जलाएको छ ।त्रिचन्द्र क्याम्पसबाट निश्किएका नेविसंघका नेता तथा कार्यकर्ताले रत्नपार्कमा प्रधानमन्त्रीको पुत्ला जलाएर बिरोध जनाएको विद्यार्थी नेता युपी लामिछानेले जानकारी दिए । पुत्ला जलाउने क्रममा प्रधानमन्त्री भट्टराई र एकीकृत माओवादी अध्यक्ष दाहाल विरुद्ध नेविसंघका कार्यकर्ताले चर्का नारावाजी समेत गरेका थिए । पुत्ला जलाउने क्रममा...


नेविसंघका नेताहरुले प्रकाश दाहाललगायतलाई सगरमाथा चढ्न उपलब्ध गराउने भनिएको २ करोडको निर्णय फिर्ता नभए थप आन्दोलन घोषणा गर्ने चेतावनी दिएका थिए । उनीहरुले गरिव जनता महंगीका कारण भोकै मर्ने अवस्थामा रहेको भन्दै नेताको छोरो भएकै कारण सगरमाथा चढ्न २ करोड दिने कार्य गरेर सरकार र एकीकृत माओवादीले गैर राजनीतिक काम गरेको आरोप लगाए ।

विद्यार्थी नेता लामिछानेले सरकारी निर्णय फिर्ता गराउनका लागि दबाव दिन संघर्षका कार्यक्रम सार्वजनिक गर्ने आन्तरिक तयारी भईरहेको बताए ।

सरकारले हिजो मात्रै प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा आरोहणका लागि दुई करोड उपलब्ध गराउने निर्णय गरेपछि चौतर्फि बिरोध सुरु भएको थियो ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel