दशैं र तिहारको छेकोमा रिलिज गर्ने तयारीका साथ पोष्ट-प्रोडक्सनको काम तिब्र रूपले अगाडी बढेको मनोरञ्जनात्मक फिल्म 'थ्री लभर्स' को प्रोमो र पोस्टरलाई फिल्मीखबर डटकमले एक्सक्लुसिभ रूपमा सार्वजनिक गरेको छ । सुरेन्द्र पौडेलले तयार पारेको ५१ सेकेण्डको सार्वजनिक प्रोमोमा एक्सनलाई मुख्य प्राथमिकतामा राखिएको छ भने स्वप्निल आचार्यले तयार पारेको पोस्टरमा फिल्मकी मुख्य पात्र प्रियंका कार्कीलाई हाईलाईट गरिएको छ । निर्देशक सुरेश दर्पण पोखरेलले फिल्म पूर्ण मनोरञ्जनका लागि बनाईएकोले प्रोमो पनि त्यहि अनुरूपले तयार पारिएको बताउँदै दर्शकले मन पराउनेमा बिश्वास व्यक्त गरे । यता नायिका कार्की...
पनि यो फिल्मबाट निकै ठूलो आश राखेकी छिन् र दर्शकको प्रतिक्रिया लिन आतुर पनि छिन् । प्रोमोमा मुख्य तीन कलाकार मध्येका डेब्यू नायक देबु श्रेष्ठलाई ग्याङस्टारको रूपमा परिचित गराईएको छ भने निरज बराललाई प्लेयरको रूपमा परिचित गराईएको छ । यस्तै नायिका प्रियंकालाई लभर गर्लको रूपमा परिचित गराईएको छ । थ्री ब्रदर्श क्रियशन बेल्जियमको पहिलो प्रस्तुती रहेको सो फिल्ममा सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको पनि मुख्य भुमिका रहेको छ । फिल्म निर्माण युनिटले यसअघि फिल्मका दुई अडियो गीत सार्वजनिक गरिसकेको छ र उक्त सार्वजनिक गीतहरू अहिले सञ्चारमाध्यमा रोजाईमा परेको पनि छ ।