कुनै दिन तास खेल्नेलाई तास खुवाएर कारबाही गर्ने माओवादीका गुरिल्लाहरु अहिले धेरै नेपालीलाई घरबार बिहीन बनाएको अखडा अर्थात् क्यासिनो किनेर चलाउन थालेका छन्। देश र जनताको मुहार फेर्छु भनेर सशस्त्र युद्ध लडेर १३ हजार भन्दा नेपालीको ज्यान लिने माओवादीहरु सत्तामा पुगेपछि क्यासिनो किनेर चलाउन थालेका हुन्। जनयुद्ध छोडर धनयुद्धतर्फ लागेका माओावादीहरुले अहिले राजधानीको एउटा क्यासिनो किनिसकेको छ भने अन्य क्यासिनोन पनि किन्न तयारीमा छन्। करोडौं रोयल्टी नतिरेकोमा पाँच तारे होटल अन्नपूर्णस्गित अन्ना क्यासिनो माओवादीले किनेको हो। पटक पटक अपराधीक घटनामा संलग्न भएका...
माओवादीका मजदुर नेता कल्पदीप राई र तप्तकुमार श्रेष्ठले सो क्यासिनो किनेका हुन्। क्यासिनोले करोडौं रोयल्टी सरकारलाई तिर्न बाकी भएपनि सो पैसा नतिरी कम्पनी रजिष्ट्रारको कार्यालयले क्यसिनो माओवादीको नाममा नामसारी गरिदिएको हो।
माओवादीका मजदुर नेता कल्पदीप राई र तप्तकुमार श्रेष्ठले सो क्यासिनो किनेका हुन्। क्यासिनोले करोडौं रोयल्टी सरकारलाई तिर्न बाकी भएपनि सो पैसा नतिरी कम्पनी रजिष्ट्रारको कार्यालयले क्यसिनो माओवादीको नाममा नामसारी गरिदिएको हो।
स्रोतका अनुसार माओवादीले अन्य क्यासिनोमा पनि आन्दोलन गरेर क्यासिनो कब्जाको तयारी गरिरहेको छ। माओवादी आतंकका कारण राजधानीको एउटा क्यासिनो बन्द भइसकेको छ भने अन्य सातवटा क्यासिनो माओवादी निर्देशनमै संचालन भइरहेकाछन्। कब्जा योजनाअर्न्तगत राजधानीका क्यसिनोहरु
भेनस, तारा, एभरेष्ट, र्याड, रोयल र सांग्रिलामा माओवादीले तनाव श्रृजना गरिरहेको छ।
माओवादीकै कारण सोल्टी होटलस्थित क्यासिनो नेपाल गत वर्षदेखि नै बन्द छ। त्यसैगरी एक महिनासम्म माओवादी मजदुरका कारण बन्द भएको क्यासिनो भेनसको विवाद अझै मिलेको छैन। त्यहाका मेनेजिङ डाइरेक्टर बिनोद अर्याल तथा मनोज सुवेदी कुटिएपछि व्यवस्थापनले १० जना कर्मचारीलाई हटाएको थियो। अहिले आफ्नै मालिक कुट्ने कर्मचारीको पुर्ननियुक्तिको माग गर्दै मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले गत शुक्रबार डिजिएमलाई कार्यालयमा पस्न नदिनेसम्मको अराजकता देखाएकोपछि व्यवस्थापनले प्रहरी बोलाएको थियो। विगत तीन वर्षदेखि भ्याली लिंक प्रालिले सो क्यासिनो संचालन गर्दै आएको छ भने पोखराको फुलबारी क्यासिनो पनि माओवादी कब्जामा छ।
माओवादी मजदुरकै कारण राजधानीका सबै क्यासिनोमा विवाद छ। व्यवस्थापकले तलब दिन छोडेपछि राजधानीका क्यासिनोका कर्मचारीले मालिकविरुद्ध प्रहरीमा उजुरी दिन थालेका छन्। बौद्धको हायात होटलस्थित क्यासिनो ताराका कर्मचारीले प्रहरीमा उजुरी दिएका छन्। दुईमहिनादेखि तलब नदिएको र संचालकहरु पनि सम्पर्कमा नरहेकाले उनीहरुलाई अध्यागमनमा रोकी पक्राउ गरेर सहयोग गर्न माग गर्दै अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर संघ, क्यासिनो ताराका अध्यक्ष राजेश जोशीले गत महिना जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएका छन्। उनले तारा क्यासिनाको संचालक एसियन रिसोर्टस् एण्ड टुरिजम प्रालिका अध्यक्ष नैला बिष्ट तथा प्रमुख कार्यकारी ह्यारी जी होयावानविरुद्ध पनि प्रहरीमा जाहेरी दिएका छन्। महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्याम ज्ञवालीका अनुसार सम्झौताअनुसार तलब नदिएको र वार्तामा बोलाउदा पनि नमानेको कुरा जाहेरीमा उल्लेख छ। स्रोत: वीक्ली नेपाल















Nepalese Rupee Converter
