माता मनकामना फिल्मस्को ब्यानरमा निर्मीत निर्मित फिल्म फुलस्टपको निर्माण युनिट यतिबेला निकै प्रचार प्रसारमा दौडधुप गरिरहेको छ । फिल्म आगामी भाद्र १५ गते नेपालभर रिलिज हुन लागेकोले पनि निर्माता तथा कलाकारलाई प्रोमोशन गर्न भ्याईनभ्याई छ ।
फिल्मका नायक सबिन श्रेष्ठ केहि साता अगाडी मात्र मलेशिया भ्रमणमा पुगेर आए । त्यहाँ उनले आफ्नो फिल्मको प्रचारप्रसार गर्न भ्याए भने अहिले नेपालमा नै बिभिन्न सञ्चारमाध्यमलाई आफ्नो अभिनय र फिल्मको बारे जानकारी गराईरहेका छन् । यस्तै नायिका बिनिता बरालले त कतारमा धमाका नै मच्चाएर आईन् । अहिले चपली हाईट यि नायिका नेपालमा...
नै धमाका मच्चाउने शुरमा छिन् । यस्तै फिल्मका निर्देशक तथा निर्माताहरू पनि आ-आफ्नो तरिकाले प्रोमोशनमा लागि परेका छन् ।
नै धमाका मच्चाउने शुरमा छिन् । यस्तै फिल्मका निर्देशक तथा निर्माताहरू पनि आ-आफ्नो तरिकाले प्रोमोशनमा लागि परेका छन् ।
नायिका बिनिताले चपली हाईटबाट आफूले पाएको उचाईलाई यो फिल्मले खस्न नदिने बताउँछिन् । उनी भन्छिन्, 'फिल्म राम्रो बनेको छ र मेरो भुमिका त झनै शशक्त छ त्यसैले पनि मैले यो फिल्मका लागि समय खर्चिन लागेकी हुँ ।
' उनलाई डर पनि छ कतै चपली हाईटको जस्तो उचाई यसले नपाउने त हैन ? तर उनी भन्छिन्, 'म फिल्ममा कमजोर छैन तर पनि डर लागिरहेको छ । आशा छ दर्शकले रूचाईदिनु हुनेछ ।' यता सबिन पनि रावण र अन्दाजबाट पाएको क्रेडिटलाई अझ बढाउन चाहन्छन् ।

फिल्ममा 'भ्वायलेन्स' धेरै भएकाले यो फिल्म हेर्न मुटु निकै दर्हो बनाउनु पर्ने बिनिता यसअघि बताईसकेकी थिईन् । सस्पेन्स थ्रील फिल्म फुलस्टपलाई कमलकृष्ण पौड्यालले निर्देशन गरेका हुन् । मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनीज्योती गुभाजुले संयुक्त रूपमा निर्माण गरेको सो फिल्ममा कमलकृष्णको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, साईमन राजबंशीको करियोग्राफी, चन्द्र पन्तको द्धन्द तथा नम्सको लेखन रहेको छ ।
स्रोत: फिल्मी खबर
स्रोत: फिल्मी खबर