विश्वको सबैभन्दा ठूलो थांका नेपाल ल्याउने प्रयाश सुरु भएको छ ।लुम्बिनी भ्रमण वर्ष–२०१२ को अवसरमा यो थाङ्का जापानबाट नेपाल ल्याउन नेपाल बौद्ध धर्म संरक्षण समितिले प्रयास गर्ने भएको हो । बुद्धको जन्म चक्रदेखि निर्वाणसम्मका सबै क्रियाकलाप थांकामा उतारिएको छ । जापानमा सन् १९९३ देखि २००२ सम्म विश्वका १० हजार मानिसको मेहनतमा उक्त थाङ्का तयार गरिएको थियो । त्यसको नेतृत्व नेपाली नागरिक बुद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले गरेका थिए । विश्वका शान्ति प्रेमीहरूले उक्त थाङ्का तयार गरेको थकालीले जानकारी दिए । जापानको टोकियोमा राखिएको थाङ्का ७० मिटर लम्बाइ
र ५० मिटर चौडाइको छ । जापान, अमेरिका, युरोप, थाइल्यान्डलगायतका नागरिकले उक्त थाङ्का तयार पारेका थिए । थाङ्का ठूलो रहेकाले राख्ने हल बनाउन मात्र ४ बिघा जमिन आवश्यक पर्ने तर लुम्बिनी विकास कोषले २ बिघा जमिनमात्र उपलब्ध गराएकाले भवन निर्माण कार्य सुरु गर्न नसकेको थकालीले बताए ।
र ५० मिटर चौडाइको छ । जापान, अमेरिका, युरोप, थाइल्यान्डलगायतका नागरिकले उक्त थाङ्का तयार पारेका थिए । थाङ्का ठूलो रहेकाले राख्ने हल बनाउन मात्र ४ बिघा जमिन आवश्यक पर्ने तर लुम्बिनी विकास कोषले २ बिघा जमिनमात्र उपलब्ध गराएकाले भवन निर्माण कार्य सुरु गर्न नसकेको थकालीले बताए ।
नेपालमा स्थायी रूपमा उक्त थाङ्का राख्न सकियो भने विश्वभरका बुद्ध धर्म र शान्तिको आस्था राख्ने समुदायको ध्यान लुम्बिनीमा केन्द्रित हुने थकालीले जानकारी दिए । “हामीले सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०१२ को अवसरमा एक पटक नेपालीलाई देखाउन भने पनि थाङ्का लुम्बिनीमा ल्याउन खोजेका हौं,” उनले भने । हालसम्म मंगोलिया र भारतमा देखाई सकिएको उक्त थाङ्का चीन, थाइल्यान्डलगायत विश्वका विभिन्न मुलुकमा देखाइने कार्यक्रम छ । नेपालको लुम्बिनीमा स्थायी रूपमा उक्त थाङ्का राखेपछि विश्वका अन्य मुलुकमा पनि देखाउन सहज हुने थकालीको तर्क छ । “सरकारले वातावरणमात्र तय गर्दिएमा भवन निर्माण तथा अन्य कार्यको जिम्मा आफूहरूले लिने छांै,” उनले भने ।
थाङ्का ८१ टुक्रासहित १५ हजार स्क्वायरमिटर कपडामा फैलिएको छ । हरेक टुक्रालाई जोड्न ३ हजार २ सय मिटर जिपरको प्रयोग गरिएको छ । सबै कपडा जापानिज कम्पनीहरूले उत्पादन गरी सहयोग गरेकोले ४ सय वर्षभन्दा बढी टिकाउ हुने बताइएको छ । १ सय ५० जनाले २ घन्टा लगाएर जोड्नुपर्ने उक्त थाङ्का १ हजार ९ सय किलोग्राम तौलको छ । स्रोत: कारोबार