दुई छोरा र श्रीमतीलाई घरमा छाडेर रोजगारीका लागि भारत गएका बर्दिया जमुनी गाविस ६ का लालवहादुर सुनार १० वर्षपछि मंगलवार घर फर्किएका छन् । तर उनी लाल बहादुर होइन लाल कुमारी अर्थात ‘महिला बनेर फर्किइन’ । लालबहादुर महिलाको रुप र रंगमा घर फर्किएपछि अहिले नेपालगञ्ज र बर्दिया आसपासका बासिन्दा अचम्ममा परेका छन् ।मंगलवार श्रीमान घर फर्किएको जानकारी पाएर भेट्नका लागि हतारिँदै माइतीबाट नेपालगञ्ज पुगेकी उनकी श्रीमती दुर्गादेवीले श्रीमानको रुप देखेर आफ्नो होस हवास नै उडेको प्रतिक्रिया दिइन । पारिवारिक दायित्व वहन नगरेर अपाङ्गता भएकी दिदीलाई एक्लै छाडेको...
र लिंग परिवर्तन गरेको भन्दै दुर्गादेवीका दाजुभाईले लालबहादुर विरुद्ध उजुरी दिएपछि प्रहरीले लालबहादुरलाई नियन्त्रणमा पनि लियो । तर मंगलवार नै जमानीमा छाडिएका लाल वहादुर वुधवार विहानै प्रहरी कार्यालय पुगे । जहाँ श्रीमती र छोराहरु पनि थिए ।लालबहादुरले नेपालगन्जमा रहेको १३ धुर र ४ धुर जग्गामा दावी नगर्ने सहमति पछि प्रहरीले दुवैपक्षलाई मिलापत्र गराइदिएको छ ।

“लिङ्ग परिवर्तन गरिसकेकोलाई के गर्ने ?” बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रमसिंह थापाले भने- “लालबहादुरले कहिलेकाही सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् । त्यसैले मिलापत्र गराएर फिर्ता पठायौं ।”२०५१ सालमा वैवाहिक सम्बन्धमा गाँसिएका लालबहादुर र दुर्गादेवीको ०५७/०५८ सालदेखि भेटघाट समेत हुन पाएको थिएन ।
पारिवारिक स्रोतका अनुसार लालबहादुरले मुम्बई काम गरेर कमाएको पैसाले लण्डन पुगेर लिङ्ग परिवर्तन गराएका हुन् । लालवहादुरको घरपरिवारसंग सम्पर्कमा नआएको भए पनि आफ्नी दिदीसँग नियमित सम्पर्कमा थिए ।घर खर्चका लागि पैसा कमाउन भन्दै भारत गएका लालबहादुरले लिंग परिवर्तन गर्नुको कारण भने खुलेको छैन । उनले यस बारेमा बताउन पनि मानेनन् । source: dhaulasree