पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको नाइन एन ए आइ जी नम्बरको डोनियर विमान मुस्ताङको जोमसोममा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी पन्ध्र जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई नेपाली र तेह्र जना भारतीय नागरिक रहेको बताइएको छ। दुर्घटनाबाट सकुशल उद्धार गरिएका छ जनालाई तारा एयरको विमानबाट पोखरा ल्याइएको छ। उद्धार गरिएकामा दुई जना बालबालिका र दुई जना विदेशी नागरिक रहेका छन्। उनीहरुको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। विमानमा सोह्रजना भारतीय, दुई जना विदेशी र तीन जना चालकदल गरी एक्काइस जना सवार थिए। चालक दलका सदस्यमध्य...
पाइलट पीएस पाठक र को–पाइलट एसडी महर्जनको सनाखत भइसकेको छ भने विमान परिचारिका आर सैंजु सकुशल रहेको बताइएको छ। विमानस्थल नजिकैको डाँडामा ठोक्किएर विमान दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन्। अग्नि एयरको विमान नौ बजेर चौवालिस मिनेटमा पोखराबाट मुस्ताङका लागि उडेको थियो।