नयाँ बन्ने संविधानमा सनातन हिन्दू राष्ट्र कायम नगरिए देशभरका धार्मिक संघ संगठनहरुले संयुक्त सत्याग्रह र भद्रअवज्ञा गर्ने भएका छन् ।राष्ट्रिय धर्मजागरण अभियान संयोजक शंकरप्रसाद पाण्डेको नेतृत्वमा दलहरुको स्वार्थका लागि जबर्जस्ती लादिएको धर्मनिरपेक्ष राष्ट्र खारेज गरी नयाँ बन्ने संविधानमा सनातन हिन्दू राष्ट्र कायम नगरिए देशभर एकै साथ सत्याग्रह र भद्रअवज्ञा गर्ने भएको हो । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण नेपालीहरुको अस्मिता, स्वाभिमान र गौरव बोकेको विश्वको चिन्हारी एकमात्र सनातन हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाउँदा जातिय, धार्मिक र सामाजिक सदभाव खल्बलिँदै गएको
भन्दै संयुक्त सत्याग्रहको आव्हान गरेका हुन् ।
भन्दै संयुक्त सत्याग्रहको आव्हान गरेका हुन् ।
पत्रकार सम्मेलनमा जेठ १० गते संविधानसभाका सभाध्यक्षलाई ज्ञापन पत्र बुझाउने, ११ गते देखि १४ गते सम्म संविधानसभाव अगाडि दिउँसो ११ बजे देखि संयुक्त सत्याग्रह तथा सद्भाव यात्रा गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय धर्मजागरण अभियानका संयोजक शंकर पाण्डेले षड्यन्त्रपूर्वक आउन लागेको धर्मनिरपेक्ष संविधान कदापी स्वीकार्य नहुने भन्दै तीन तीन करोड नेपाली र विश्वमा रहेका २ अर्ब १३ करोड हिन्दूहरुको साझा घर सनातन हिन्दूराष्ट्र नै हुनुपर्ने दावी गरे ।
संयोजक पाण्डेले भने– सम्पूर्ण हिन्दूहरु एक दिन मात्रै सडकमा उत्रियौं भने काफी हुन्छ, त्यो दिन आउँदै छ, पार्टीका नेताहरुले बुझ्नु जरुरी छ ।
डा. वासुदेवकृष्ण कोईरालाले सम्पूर्ण हिन्दू, बुद्धिष्ट, जैन, सिख र किराँत आदि धर्माबलम्बीहरुको साझा थलो नेपाल भएको हुनाले यसको सार्वभौमिकता, अखण्डता र समाजिक सद्भाव रक्षाका लागि विश्व सम्पदा सूचीमा रहेको सनातन हिन्दूराष्ट्र कायम हुनुपर्ने दावी गरे ।
पत्रकार सम्मेलनमा हरिबोल भट्टराईले भने– राम्रो राष्ट्र र राष्ट्रियता नै हिन्दूराष्ट्र हो, विश्वको चिन्हारी हिन्दूराष्ट्रलाई कायम गरायरै छाड्छौं ।