तिस वर्षको अन्तरालमा स्याउ फल्ने स्थानमा सुन्तला फल्न सुरु

सुन्दा अचम्म लाग्न सक्छ, कीर्तिपुरस्थित केन्द्रीय बागवानी विकास केन्द्रमा पछिल्लो ३० वर्षको अन्तरालमा स्याउ फल्ने स्थानमा सुन्तला फल्न थालेको छ । विभिन्न आधुनिक कृषि प्रविधिको परीक्षण तथा उक्त प्रविधिलाई विभिन्न माध्यमबाट किसानमा हस्तान्तरण गर्दै आएको बागवानी विकास केन्द्रमा ३० वर्षकै अन्तरालमा स्याउ फल्ने स्थानमा सुन्तला फल्न थालेको हो ।विश्वव्यापीरुपमा भइरहेको जलवायु परिवर्तनलगायतका विभिन्न कारणस‘गै वातावरणमा आउन थालेको परिवर्तनले गर्दा विसं २०३५–०३६ सम्म  कीर्तिपुरस्थित वागवानी विकास केन्द्रमा फल्ने गरेको स्याउ क्रमिकरुपमा विस्थापन हु‘दै हाल उक्त स्थानमा सुन्तला...


फल्न थालेको बागवानी विज्ञ धनबहादुर थापाले बताए । तीस वर्ष अघिसम्म जुम्ला, मुस्ताङलगायतका उच्च हिमाली भागमा फल्ने गरेको स्याउ कीर्तिपुरमा नै फल्ने गरेकामा पछिल्लो समयमा आएर स्याउका बोटमा कम फूल फूल्ने,  फल लाग्न बन्द हुने भई हाल आएर बोटसमेत मर्ने गरेको उनले बताए । उक्त समयमा कीर्तिपुरमा सुन्तला, कागतीलगायतका फल नहुने तथा बोट भए पनि लामो समय नटिक्ने र फल नलाग्ने गरेकामा हाल आएर सुन्तला, कागतीलगायतका फल राम्रोस‘ग फल्ने तथा टिक्ने गरेको थापाले जनाए ।

उचाइका दृष्टिबाट समान्यतः स्याउ १३०० मिटरको उचाइमा फल्ने फल हो भने सुन्तला १००० मिटरको उचाइमा फल्ने फल हो । काठमाडौं समुद्र सतहबाट १४०० मिटरको उचाइमा रहेको छ । विभिन्न फल तथा वनस्पतिको परीक्षण तथा किसानमा त्यसको प्रविधि हस्तान्तरण कार्य गर्दै आएको केन्द्रले कीर्तिपुरस्थित बागवानी केन्द्र परिसरमा विभिन्न फलफूल तथा बोटबिरुवा उत्पादन तथा वितरणसमेत गर्दै आएको छ ।

बर्खे तथा हिउ‘दे गरी विभिन्न जातका फलफूलका बोटबिरुवा तयार गर्दै मागअनुसार किसानमा पु¥याउ‘दै आएको केन्द्रले वार्षिक ३० हजारको सङ्ख्यामा विभिन्न जातका फलफूलका बोटबिरुवा वितरण गर्दै आएको छ । पतझड फलफूलअन्तर्गत स्याउ, आरु, आरुवखडा, नासपाती, हलुवावेद, विकासे कटुस, ओखर, अङ्गुर तथा सदावहार फलफूलअन्तर्गत सुन्तला, जुनार, कागती, भोगटे आदि फलफूलका बिरुवा केन्द्रले वितरण गर्दै आइरहेको थापाले बताए । स्रोत: एभरेष्ट न्युज 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel