एकीकृत नेकपा माओवादी विधीवत रुपमै विभाजन भएको घोषणा

असार ५ । एकीकृत नेकपा माओवादी विधीवत रुपमै विभाजन भएको घोषणा आज एक पत्रकार सम्मेलनको आयोजना गरी नवगठित पार्टी नेकपा, माओवादीका अध्यक्ष मोहन बैद्यले गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बैद्यले एकीकृत नेकपा माओवादीसँग अझै पनि एकता हुन सक्ने बताए । पत्रकार सम्मेलनमा वैद्यले एकताका लागि प्रचण्ड र बाबुराम रुपान्तरित हुनुपर्ने सर्त अगाडि सारे । उनले भने– प्रचण्ड र बाबुराम सच्चिएर आएमा आगामी फागुन १ गतेसम्ममा एकताको लागि वार्ता गर्न आफूहरु तयार छौ।उनले नेपाली कम्युनिष्ट आन्दोलनमा अवसरवाद हावी हुन थालेपछि आफूहरुले एकीकृत नेकपा...


माओवादीसँग सम्बन्धविच्छेद गर्नुको विकल्प नरहेको दावी गरे । अरुले आरोप लगाएजस्तो आफूहरुको पूर्वराजा ज्ञानेन्द्रसँग कुनै पनि किसिमको सम्बन्ध नरहेको स्पष्ट पार्दै बैद्यले कम्युनिष्ट पार्टीमा भाइचारा हुने भएकाले रिमसँग आफूहरुको पनि सम्बन्ध रहेको जानकारी दिए ।

बैद्यले प्रचण्ड र बाबुरामले जनमुक्ति सेनालाई सम्मानजक समायोजन नगरी निसस्त्रीकरण गरेको तथा नयाँ संविधान निर्माणमा पनि उनीहरु असफल भएको, राष्ट्रिय स्वाधिनताको प्रश्नलाई पनि गलत दिशा तर्फ लगिएकाले त्यस्ता अवसरवादीहरुसँग बसिरहन उचित नभएको ठानी सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको बताए ।

उनले गणतन्त्र, संघीयता, धर्मरिपेक्षता लगायतको रक्षा र जनताको अधिकार रक्षाका लागि आन्दोलनमा जाने निर्णय लिएको जानकारी दिदै जनविद्रोहको तुरुन्तै सम्भावना नभएपनि लामो तयारी पश्चात जनक्रान्तिमा जाने निश्चित भएको धारणा राखे ।

काँग्रेस, एमाले र एकीकृत नेकपा माओवादीको एजेण्डा सत्ता मात्रै भएकाले त्यहाँ आफूहरु सहभागी नरहेको पनि उनले स्पष्ट पारे । तर आफूहरुको तत्कालिन कार्यनिति चाँही अन्तरिम संयुक्त सरकार हुनुपर्ने भएको उनले बताए । नयाँ पार्टी घोषणा कार्यक्रममा महासचिव रामबहादुर थापाले दुई दिने राष्ट्रिय भेलाबाट गरिएको निर्णय सार्वजनिक गरेका थिए ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel