साउदी अरेबिया, असार १८ । यस महिनाको अन्त्यतिर लन्डनमा आयोजना हुने ओलम्पिक खेलमा भाग लिन पहिलोपटक अनुमति प्राप्त गरेका साउदी अरेबियाका महिलाले यस मुलुकको कट्टर परम्परावादी कानुन मान्नुपर्ने जानकारी यस मुलुकका खेलकूद प्रमुख राजकुमार नवाफ बिन फैजलले अल–जजिरालाई बताएको छ । उनले यस प्रतिस्पर्धामा भाग लिने सबै महिला खेलाडीले सरिया कानुनअनुसार उपयुक्त पहिरन लगाउनु पर्ने र उनीहरूको साथमा एक पुरुष संरक्षक पनि हुनुपर्ने बताए । यी पुरुष संरक्षकलाई भने खेलको समयमा साथ नहरन पनि निर्देशन दिएका छन् । उनले महिला खेलाडी तथा उनीहरूका संरक्षकले यी
नियम नतोड्ने सपथ लिनुपर्ने पनि उल्लेख गरे । लन्डनमा रहेको साउदी दूतावासले गत महिना साउदी महिलालाई पनि ओलम्पिकमा सहभागी हुन अनुमति दिइने उल्लेख गरेको थियो । उनले खेलमा सहभागी हुन छनौट भएका महिलालाई साउदी ओलम्पिक समितिले अनुगमन गर्ने पनि जानकारी दिए । साउदी अरेबिया, कतार तथा ब्रुनाइले हालसम्म ओलम्पिकमा महिला खेलाडी पठाएका छैनन् । कतारले यस वर्ष चार महिला खेलाडी लन्डन पठाउने घोषणा गरिसकेको छ ।

साउदी अरेबियामा महिलाको खेलमा सहभागिता निकै संवेदनशील विषय बनेको छ । यहाँ महिलालाई गाडी चलाउन समेत अनुमति दिइएको छैन । यहाँ सन् २००९ तथा २०१० मा महिलाका लागि निजी शारीरिक सुगठन तालिम केन्द्र बन्द गरिएका थिए । साउदी अरेबियामाथि महिलालाई खेलमा सहभागी गराउन निकै दबाब परेको थियो र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक्स रोजले यस विषयमा यस मुलुकका शासकहरूसँग लामो समयसम्म कुरा गर्नुपरेको स्वीकार गरेका थिए ।
नवाफले पहिलेका खेलमा आफ्नो मुलुकसँग महिला खेलाडी नभएको र हालका दिनमा धेरै साउदी महिलाले अन्तर्राष्ट्रिय ओलम्पिक समितिका तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग आफूहरूले पनि खेलमा सहभागी बन्ने चाहना गरेको जानकारी दिएको बताए । गत महिना न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको ह्युमन राइट्स वाचले साउदी अरेबियाले लन्डनमा महिला खेलाडी पठाउने निर्णय गरे पनि यस मुलुकमा महिलालाई खेलमा सहभागी हुन प्रतिबन्ध लगाइने गरिएको उल्लेख गरेको थियो । स्रोत: नेपाल एभरेष्ट