साउन १८ । परम्परागत रुपमा मनाइँदै आएको जनै पूर्णिमा हिन्दु धर्मावलम्वीहरुले पर्व आज मनाइँदैछ । यो पर्वमा आत्माको शुद्धीकरण र शरीर रक्षाको लागि ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ । जनै पूर्णिमाको अवसरमा आज पशुपतिनाथ, स्वयम्भु, ललितपुरको कुम्भेश्वर, रसूवामा गोसाँइकुण्ड, लम्जुङ र गोरखाको सीमानामा पर्ने दुधपोखरी, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड लगायत मुलुकका विभिन्न धार्मिक स्थलहरुमा विशेष मेला लागेको छ । आज विभिन्न थरीका गेडागुडी मिसाई पकाएर क्वाँटी खाने चलन पनि रहिआएको छ । पुरोहित ब्राम्हणले रक्षाबन्धन बाँधिदिदा दैत्यराज बलिको दानशीलता र सत्य
निष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गर्छन । रक्षाबन्धन धागो पुरुषहरुको दायाँ र महिलाहरुको बायाँ नाडीमा बाध्ने चलन छ । आज बाँधिएको धागोलाई तिहारको लक्ष्मीपूजाको दिन फुकालेर गाइको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।

तराई क्षेत्रमा आज दिदी बहिनीले आफ्ना दाजु भाइका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँध्ने चलन छ । नेवार समुदायमा भने यस पर्वलाई गुन्हु पुन्ही भनी मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गाँजर र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाएको क्वाँटी खाने चलन छ ।