भदौ १४ - इतिहास मै पहिलो पटक संसारको सबै भन्दा होचा महिला र पुरुषको भेट भएको छ । २१ दशमलव ५ इन्च अग्ला नेपालका ७२ वर्षिय चन्द्र बहादुर डाँगी र २५ इन्च अग्ली भारतकी ज्योति आम्गेको भेट भएको हो । सेम्टेम्बर १३ तारिखमा सार्वजनिक हुने गिनिज बुक अफ बल्र्ड रेकर्डको नयाँ पुस्तक, गिनिज बल्र्ड रेकर्ड २०१३ प्रमोसनको लागि वेलायतमा आयोजना गरिएको फोटो सुट कार्यक्रममा यी दुईको भेट भएको हो ।चन्द्र र ज्योतीको उचाइसँग मिल्दो फोटो खिच्नलाई एक फोटोको बिचमा १२ इन्चको रेकर्ड बुक पनि राखिएको थियो।“यो असाधारण क्षण थियो ।” गिनिज बल्र्ड रेकर्डका एक अधिकारी मार्को फ्रिगाटीले भन्नुभयो “उनीहरु दुवै जना...
अद्भुत व्यक्ति हुन् । सबैलाई थाहा थियो, यो महत्वपूर्ण क्षण हो । त्यसैले वातावरण जादुमय थियो ।” फ्रिगाटी पनि फोटो खिच्ने कार्यक्रममा सहभागी हुनु भएको थियो ।
अद्भुत व्यक्ति हुन् । सबैलाई थाहा थियो, यो महत्वपूर्ण क्षण हो । त्यसैले वातावरण जादुमय थियो ।” फ्रिगाटी पनि फोटो खिच्ने कार्यक्रममा सहभागी हुनु भएको थियो ।
नेपालका चन्द्र यही वर्षको फ्रेबुअरीमा आफ्नो सबै भन्दा सानो उचाइका कारण संसार भरिका सञ्चार माध्यममा छाउनुभयो । चन्द्रलाई कुनै पनि डाक्टरले नजाचेका कारण उहाँ होचोपनको कारण थाहा भएको छैन । डाक्टरहरुले उहाँलाई प्रिमोरडिएल ड्वाफिसम भएको आशंका गरेका छन् ।
चन्द्रको २१ दशमलव ५ इन्चको उचाइले उहाँलाई संसारको होचो मान्छे मात्र बनाएको छैन, संसारमा आजसम्म बाँचेकाहरु मध्ये पनि होचो बनाएको छ । यो रेकर्ड पहिला भारतका २२ दशमलव ५ इन्च अग्ला गुल मोहोमदका नाममा थियो ।
“गिनिज वल्र्ड रेकर्डमा मेरो नाम आएकोमा म धेरै खुशी छु । मेरो नाम किताबमा लेखिदै छ ।” चन्द्रले भन्नुभयो “यो म, मेरो परिवार र मेरो देशको लागी ठुलो कुरा हो । मे धेरै खुशी छु ।”
भारतकी ज्योतिले संसारको सबैभन्दा होची महिलाको उपाधि गएको डिसेम्बरको आफ्नो १८ औं जन्मदिनमा पाउनु भएको थियो । उहाँलाई एक्होनड्रोपाल्सिया भन्ने रोग लागेको छ । यो एउटा जेनेटिक खराबी हो जसले हड्डीलाई बढ्न नदिनुका साथै कार्टिलेज बन्नबाट रोक्छ । एक्होनड्रोपाल्सिया संसारमा होचोपनको मुख्य कारण हो ।
ज्योति अहिले भन्दा धेरै अब बढ्नु हुने छैन् । उहाँको उचाइका कारण उहाँले लगाउने लुगा उहाँलाई नै भनेर सिलाइएका हुन्छन् । उहाँ सानो खाटमा सुत्नुका साथै खास खालका भाडामा खाना खानुहुन्छ । उहाँ आफ्नो नायिका बन्ने चाहना पुरा गर्न चाहनुहुन्छ । उहाँले केही बलिउड फिल्ममा काम पनि गरिसक्नु भएको छ ।
“गिनिज वल्र्ड रेकर्डमा नाम लेखिएपछि मैले धेरै देश घुमिसकेको छु ।” ज्योतिले भन्नुभयो “मलाई घुम्न मनपर्छ । मैले जापान र युरोपको केही भाग घुमिसकेको छु । म अब बेलायत घुम्न चाहन्छु ।”
स्रोत: उज्ज्यालो अनलाइन