नासाको क्युरियोसिटी यान आज बिहान सवा ११ बजेतिर मंगल ग्रहमा

साउन २२, रातो ग्रहका रुपमासमेत चिनिने मंगल ग्रहमा जीवको अस्तित्वमाथि २ वर्षे अध्ययनको मिसनसहित अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा पठाइएको अन्तरिक्ष यान आज सफलताका साथ अवतरण गरेको छ । नासाको क्युरियोसिटी यान आज बिहान सवा ११ बजेतिर मंगल ग्रहको सतहमा सफल अवतरण गरेको र अवतरण गरेलगत्तै त्यसले त्यहाँबाट तस्बिरसमेत पठाएको जनाइएको छ । कार आकारको यो रोबोट यानलाई मंगल ग्रहमा पठाउने योजना पूरा हुन १० वर्ष लागेको थियो। प्रक्षेपण भएको ८ महिनापछि यान आज मंगल ग्रहमा अवतरण गरेको हो। मंगल ग्रहको सतहमा अवतरण गरेको यो सबैभन्दा ठूलो यान हो। नासाले सन् १९९७ देखि...

मंगल ग्रहको अध्ययनका लागि अन्तरिक्ष यान पठाउन थालेको हो। अहिलेसम्म यसले ३ वटा यान पठाइसकेको छ। सन् १९९७ मा पहिलो पटक पठाइएको सोजोर्नर नामक यान ६५ सेन्टिमिटर लामो थियो र त्यसको तौल पृथ्वीमा १० किलोग्राम थियो। त्यसपछि सन् २००४ मा पठाइएका स्पिरिट र अपच्र्युनिटी उत्तिकै तौल र आकारका थिए। यिनको तौल १ सय ७० किलोग्राम थियो भने लम्बाई १ दशमलव ६ मिटर थियो। नासाले ग्रहमा पठाइएको यो सबैभन्दा कठिन रोबोट रहेको जनाएको छ।

क्युरियोसिटी यानले मंगल ग्रहमा इतिहासमा कुनै जीवनको चिह्न भएनभएको बारे खोजी गर्नेछ। यो मिसन लस एन्जल्सनजिकै रहेको जेट प्रोपुल्सन ल्यावरोटरीबाट निगरानी तथा नियन्त्रण गरिएको छ। यान मंगलमा अवतरण भएलगत्तै ट्विटरमार्फत् अमेरिकी राष्ट्रपति बाराक ओवामाले यो महत्वपूर्ण उपलव्धीलाई वास्तविकतामा परिणत गर्न सकेकोमा नासामा कार्यरत सबैलाई म बधाई तथा धन्यवाद दिन चाहन्छु।  भन्दै बधाई दिएका छन् ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel