मिस ई-कलेज २०१२को ट्यालेन्ट सो मार्कोपोलो होटलमा सम्पन्न

विगत चार वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजीक सास्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले यो वर्ष पनि जेभियर इन्टरनेशनल कलेजको सहयोगमा जेभियर इन्टरनेशनल मिस ई-कलेज २०१२ “Women Personality Education and Beauty” मुल नाराका साथ कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले तेस्रो चरणको जेभियर इन्टरनेशनल मिस ई-कलेज २०१२ (प्रतियागिताको आन्तरीक प्रतिभा प्रर्दशनी -ट्यालेन्ट सो शनिबार..


मार्कोपोलो विजनेश होटल कमलपोखरी मोड काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौमा रहेका विभिन्न कलेजहरुमा अध्ययनरत २० जना प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए । ट्यालेन्ट सो को निर्णायक मण्डलको रुपमा डान्स डाइरेक्टर अनुप डंगोल वर्षा कलेजका एकेडमीक डाइरेक्टर दिपक लिम्वु, राजधानी दैनिकका रगंसञ्चारकर्मी डव्बु श्रेत्री तथा स्टार एफएम रेडीयो प्रस्तोता साहरा प्रधान रहेका थिय।

दिव्या भण्डारीले सान’माया आउन वर , सुसीला लामाले माइतीघर , प्रकृती श्रेष्ठले चाहाना सकियो , गृष्मा वस्नेत ,सर्मिला थापा, सरस्वती दवाडी चिसो त पानी ,डिकी विष्ट तुलसी आंगनमा , पि्रती लामा ,अस्मीता तिवारी ,रन्जु चापागाई र साइरा कुमालले नेपाली गीतमा नृत्य प्रर्दशन गरेका थिए भने सरु वस्नेतले रित्तो रित्तो छु म भन्ने वोलको गितमा कन्टेमपोररी डान्स प्रर्दशन गरेकी थिइन । त्यस्तै सर्मीला थापाले मिस इकलेजको वारेमा र मिङ्मा सेर्पाले भने महीला ससत्तीकरणको वारेमा आफ्नो विचार राखेका थीए । सुसाना लामा पि्रया गदाल कुन्छाङ् तामाङले भने गीत प्रस्तुत गरेका थिए । त्यतै गरी सन्जीना श्रेष्ठले वाद्यवादनको माध्यम वाट आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन ।

साथै आगामी असोज १९ गते शुक्रवार नाचघर जमलमा अन्तिम प्रतिस्र्पधा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले जेभियर इन्टरनेशनल मिस ई-कलेज २०१२ ताज उपाधि सहित महिन्द्रा रोडीयो स्कुटर र उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः २ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel