थ्री स्टार क्लब पोखरामा जारी ११ औँ आहा रारा गोल्डकप फुबटल प्रतियोगीताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालमा सोमवार भएको खेलमा चिरप्रतिद्वन्दी रानी पोखरी कर्नर टीम आरसीटी लाई ट्राइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको हो । जितसंगै थ्री स्टारले ए डिभिजन लिगमा ब्यहोरेको हारको बदला लिन सफल भएको हो । खेलको १८ औँ मिनेटमा भिक्टोरको क्रसमा गोल गर्दै फेमीले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । तर खेलको ६१ औँ मिनेटमा आरसीटीका राजकुमार घिसिङले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि बाँकी रहेको समय र थपिएको ३० मिनेटमा पनि दुबै टोलीका तर्फवाट
कुनै गोल हुन सकेन र खेलको नजिता ट्राइब्रेकरसम्म पुगेको थियो । दुबै टोलीले ए डिभिजनवाट बी डिभिजनमा घटुवा भइसकेको मध्यपुरका केही खेलाडी लोनमा लिएर मैदान उतारेका थिए ।
प्रतियोगितामा थ्रीस्टारले मध्यपुरका जीवन सिन्केमान र बालगोपाल साहुखल खेलेका थिए भने आरसीटीवाट राजकुमार घिसिङ खेलेका थिए ।

फाइनल प्रवेशका लागि थ्रीस्टारले अब जाउलाखेल क्लबको सामना गर्नेछ ।