पोर्चुगलमा रहेका नेपाली युवाहरुमा व्यवसाय प्रतिको चासो

पोर्चुगलमा आर्थिक मन्दिले जतिनै असर पारे पनि नेपाली युवाहरुमा व्यवसाय प्रतिको चासो भने घटेको छैन । संघर्ष गर्दा गर्दै नेपालको अर्थतन्त्र, राजनिति जस्ता विषयमा निरास बनेका नेपाली युवाहरु पोर्चुगलमा आएर पनि आर्थिक मन्दिको वास्ता नगरि धेरैले आफ्ना साना तिना व्यवसाय सञ्चालन गरेका छन् । नेपालीहरु १९९१ को हाराहारीमा पोर्चुगलमा प्रवेश गरे पनि व्यवसायको सुरुवात भने धेरै पछाडीबाट भएको थियो तर अहिले पोर्चुगलमा आउने नेपाली युवाहरुमा अन्यत्र काम खोजेर समय विताउनु भन्दा कागज बनाउनै लागि भए पनि आफ्नै व्यवसाय सञ्चालन गर्ने लहरै चलेको छ । नेपालबाट अध्ययन, भ्रमण, सेमिनार गोष्ठिहरुमा
भाग लिने जस्ता उद्देश्यले युरोपमा प्रवेश गर्ने नेपालीहरु पोर्चुगलमा पनि धेरै भेटिन्छन् । ट्याक्स तिरेको आधारमा रेसिडेन्सी कार्ड एप्लाई गर्ने प्रवाधान भएका कारणले गर्दा पनि पोर्चुगल धेरै नेपालीहरुका लागि आशाको केन्द्रविन्दु बनेकेा छ । पोर्चुगलमा बढेको आर्थिक मन्दि संगै आप्रवासीहरुले काम पाउने समस्या बढ्दै जानुको साथै पोर्चुगलको सरकारले आप्रवासीहरुलाई रेसिडेन्सी कार्ड दिने प्रकृयामा धेरै छानविन तथा निगरानी बढाइरहेको हुदाँ आफ्नै सानो तिनो व्यवसाय गरी कार्ड एप्लाई गर्नेहरुको संख्या बढ्न थालेको हो ।

कयौ यस्ता व्यवसायहरु नाफा मुखि भन्दा पनि कागजी प्रकृयामा जान सजिलोका लागि गर्ने गरिएका हुन्छन् ।  यसरी गरिने ब्यवसाय आफु लिगल नभए पनि आफन्तको नाममा दर्ता गराएर सञ्चालन भएका हुन्छन् । यहाँ व्यवसाय गर्ने नयाँ नेपालीहरु मध्ये धेरैका किराना पसलहरु रहेका छन् भने केहीका कम्प्युटर मर्मत सेण्टर,साइवर, गिफ्ट,चिया, कफी पसल, कपडा पसलहरु समेत रहेका छन् । सानो व्यवसायमा लगानी कम र ठूलो जो खिम पनि नहुने हुँदा धेरैको आर्कषण बनेको छ । 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel