२९ माघ । विपक्षी राजनीतिक दलहरु ‘सरकार हटाउ आन्दोलन’मा उत्रिएसँगै विपक्षी राजनीतिक दलसम्वद्ध एघार विद्यार्थी संगठनहरु पनि आन्दोलनको तयारीमा जुटेका छन् । शिक्षा क्षेत्रसँग सम्बन्धित माग लिएर विद्यार्थीहरु आन्दोलनमा उत्रने बताइए पनि मुख्य तारोचाहिँ सरकार नै भएकोले विद्यार्थी आन्दोलनको मूल उद्देश्य सिंहदरबारबाट बाबुराम सरकारलाई विस्थापित गर्ने नै रहने अनुमान गरिएको छ ।
माउ पार्टीहरुको आनदोलनलाई बल पु¥याउनु नै विद्यार्थी आन्दोलनको मकसद रहेको नेवि संघसम्वद्ध एक नेताले स्वीकार गरे । आगामी फागुन ३ गतेदेखि झ०डै २० दिनका लागि तय गरिएको आन्दोलन...
पाँचै विकास क्षेत्रमा गरिने बताइएको छ । क्षत्रिय सभाहरु समाप्त पारेर विद्यार्थी संगठनहरुले फागुन २१ गते काडमाडौंमा बृहत् सभाको आयोजना गर्ने तयारी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल गर्नुपर्ने, विद्यार्थी संगठनहरुसँग गरिएका सहमतिहरु कार्यान्वयन गरिनु पर्नेलगायतका माग आफूहरुले राखेको नेवि संघका प्रवक्ता युपी लामिछानेले बताए ।

यसैगरी एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेल सरकारविरुद्धको आन्दोलनकै निरन्तरताका रुपमा आफूहरु शैक्षिक माग लिएर आन्दोलनमा उत्रन लागेको बताउँछन् । पटक–पटकका सहमतिहरु लत्याउँदै सरकार निरंकुश ढंगले अघि बढेकोले वाध्य भएर आफूहरु आन्दोलनमा जान लागेको उनको भनाई छ । आन्दोलन राजधानीकेन्द्रित मात्र नभई देशव्यापी नै हुने जनमोर्चासम्वद्ध अखिल छैठौँका अध्यक्ष किशोर घिमिरेले जनाए ।
विपक्षी दलहरु, मानवाधिकारकर्मी लगायत विभिन्न पेशाकर्मीहरुको विरोधका बावजुद एकलौटी ढंगबाट सत्ता टिकाउन उद्यत् रहेको सरकारले यसरी विद्यार्थी संगठनहरु समेत आन्दोलनमा उत्रिएपछि विद्यार्थीका मागलाई कसरी सम्बोधन गर्ला या सरकारले विद्यार्थी आन्दोलनप्रति कस्तो रवैया अख्तियार गर्ने हो प्रतीक्षाको विषय बनेको छ ।