मलाई ओछ्यान तताएर फिल्म खेल्नु छैन: नायिका दीक्षा पाठक

झापाकी दीक्षा पाठकले हिरोइन बनेर तहल्का मच्चाउने ठूलो अभिलाषा बोकेकी छिन् । त्यसैले पत्रकारिता विषय पढ्दै गरेकी यिनले सिनेमा क्षेत्र नै रोजिन् । थारू भाषाको चलचित्रमा अभिनय गरेपछि कलाकारिता क्षेत्रतर्फ हामफालेकी दीक्षाले त्यसपछि टेलिफिल्म र अन्य फिल्महरूमा काम गरिन्। उनले अभिनय गरेको दुइ ठूलो पर्दाका चलचित्रहरू नाइन ओ क्लक र लुकी–लुकी अब प्रदर्शनका लागि तयार भएका छन्।
० पत्रकारितामा नलागेर किन सिनेमा क्षेत्र रोजेको नि?
– बच्चादेखि नै मेरो रहर सिनेमा क्षेत्र थियो। यसमा नलागीकन सकिनँ। ० भनेपछि अब पत्रकारिता छोड्ने?
– होइन नछोड्ने? कलाकारितामा...


खासै केही गर्न सकिएन भने त पत्रकारिता आफ्नो विषय छँदै छ नि।
० झापाका केटीहरू निकै धूर्त हुन्छन् भन्छन् नि?
– त्यो त हेर्ने दृष्टिकोण र व्यवहारमा भर पर्छ। के म धूर्त छु त।
० किन त्यसो भनिएको होला?
– हरेक ठाउँमा हुन्छन् राम्रा या नराम्रा। केही नराम्राले गर्दा अरूमाथि पनि त्यस्तै नजरले हेरियो। तर, सबैलाई एउटै नजरले हेरिनु राम्रो होइन।
० सिनेमा खेल्न त निर्माताहरूको ओछ्यान तताउनुपर्छ। नयाँबाट निर्माताले यस्तै आशा राख्छन् भन्छन् नि?
– अरूले के गरे त्यो मलाई थाहा छैन। तर मैले अहिलेसम्म त्यस्तो गर्नुपरेको छैन। त्यो त आफूमा पनि भर पर्छ। मलाई त ओछ्याउन तताएर फिल्म खेल्नु छैन।
० दीक्षा त नयाँ कलाकार, काठमाडौंमा टिक्न सकिन्छ त?
– अहिलेसम्म टिकेकै छु। हेरौँ कहिलेसम्म टिकिन्छ। सङ्घर्ष गर्दै छु फल त पाइएला नि।
० कत्तिका छन् दीक्षामाथि आँखा लगाउनेहरू?
– होलान्, तर मैले पनि त आँखा लगाउनुपर्‍यो नि। अहिले ब्यायफ्रेन्डतिर लागेकी छैन म। पहिले क्यारियर नै बनाउने उद्देश्य छ।
० आजभोलि त नयाँ केटीहरू निकै उत्तेजक फोटो खिचेर बजारमा छाउन थालेका छन्। दीक्षाको के छ यसमा विचार?
– त्यसरी हेर्दा पनि घीन लाग्ने तस्बिर खिचाएर चर्चामा आउनु छैन मलाई। त्यस्तो काम त अशिक्षितहरूले गर्छन्। म त एउटा जिम्मेवार विषयको विद्यार्थी पनि त हुँ नि।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel