बलिउड सुन्दरी दीपिका पादुकोणे र नायक रणवीर कपुरबीचको रोमान्सले कुनै बेला बलिउड राम्रै तातेको थियो। तर अब यो एकादेशको कथा भइसकेको छ। अब दीपिका र रणवीर सिंहबीचको कर्तुतले बजार तातेको छ। गोप्यरूपमा डेट गइरहेको खबरको साथमा खुल्लम खुल्ला चुम्बन गरिरहेको तस्वीरका कारण उनीहरु अहिले फेरि चर्चाको शिखरमा छन्। उनीहरुको उक्त तस्वीर नाइट क्लबमा खिचिएको एक भारतीय सञ्चारमाध्यमले जनाएको छ।स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उनीहरु फिल्म रामलिलाको सुटिङका क्रममा बढी नजिकिएका थिए। त्यसै सिलसिलामा उनीहरुले निकै रोमान्स गरेका थिए। उनीहरु फिल्म सुटिङ...
भइरहँदा समेत गाडी ड्राइभ गरी घुम्न जाने गर्दथे। तर, फिल्मका निर्देशक सञ्जय लिला वंशालीले भने उनीहरुको उक्त कार्यले फिल्ममा अभिनय गराउन झन् फाइदा पुगेको बताएका छन्। उनीहरु आफैंमा त्यो मुडमा भएकाले फिल्मको लभ सिचुएसनको दृश्यमा उनीहरुलाई टेक लिन समस्या नभएको उनले बताएका छन्।

Nepalese Rupee Converter