बेलायतमा बस्ने नेपालीहरुले नेपाली परम्परागत पोशाक प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेका छन्। बेलायतमा नेपालीहरुको संख्या बढ़दै जादा नेपालीहरुलाई आफ्नो मौलिकता र संस्कृतिको संरक्षण र प्रबर्द्धनमा पनि त्यत्तिकै चिन्ता बढ़दै गएको देखिन्छ । बेलायतमा रहेका नेपाली समुदाय पनि आफ्नो पहिचानको लागि लागिपरेका छन् ।
बेलायतको वेल्सस्थित ल्यानरोम्नीको स्थानीय सेंट क्याड़ोकस स्कुलमा बिगत दुई बर्ष देखि नेपाल र नेपाली परंपरागत पोशाक को प्रबर्द्धनलाइ त्याहाका नेपालीहरूले निरंतरता दिईरहेका छन् । यस कार्यक्रमका एक प्रबर्द्धक एन आर एन नेपाल प्रबर्द्धन अंतर्राष्ट्रीय टास्क फ़ोर्स, कल्चर उपसमितिका चेयर
शिबजी श्रेष्ठका अनुसार बिगत दुई बर्ष देखि स्थानीय स्कुलमा नेपाल लाइ चिनाउन स्कुलमा नै गएर बिध्यार्थी एबम शिक्षक हरुसंग अंतर्क्रिया गर्ने तथा व्याबहारिक रुपमा नै प्रदर्शन गर्ने गरिएको बताउनु भयो ।
शिबजी श्रेष्ठका अनुसार बिगत दुई बर्ष देखि स्थानीय स्कुलमा नेपाल लाइ चिनाउन स्कुलमा नै गएर बिध्यार्थी एबम शिक्षक हरुसंग अंतर्क्रिया गर्ने तथा व्याबहारिक रुपमा नै प्रदर्शन गर्ने गरिएको बताउनु भयो ।
सो अवसरमा उर्मिला श्रेष्ठले नेपाली साडीको बारेमा बताएका थिए, सो कार्यक्रम मा उठेका बिभिन्न जिज्ञासाका जवाफ दिदै त्यसको उत्पादन एबम फरक अवसरमा लगाइने तरिकाको बारेमा पनि उनले बताएका थिए । बिशेष गरेर शिक्षक विद्यार्थीहरूले ‘यो इन्डियन पोशाक हैन र ? भन्ने प्रश्न गरेका थिए, गोर्खा चिन्ने तर नेपाल नचिन्ने बेलायतीहरुको स्कुलको पाठ्यक्रममा यसलाई इन्डियन पोशाक भनेरै चिनाइएकोले गर्दा पनि उनीहरूले त्यस्तो प्रश्न राखेका हुनसक्छ । तर दौरा सुरुवालको मौलिकता देखेर भने उनिहरु मंत्रमुग्ध भएका थिए ।
यस कार्यक्रमका औचित्यको बारेमा प्रस्टयाउदै शिबजी श्रेष्ठले आफ्नो छोराले आमाले लगाएको साडी लाइ किन नेपाली महिलाहरूले आफ्नो कार्यक्रमहरुमा इंडियन लुगा लगाउछन ? भन्ने प्रश्न पछि यस्तो कार्यक्रम चलाउन थालेको र अन्य स्कुलहरुमा पनि यसलाई संचालन गर्दै लैजाने कुरा बताउनु भयो । सो बर्ष यस अभियानलाई स्थानीय संचार माध्यम हरुले स्थान दिएपछि झन प्रोत्साहन मिलेको र स्थानीय स्कुलबाट
अनुरोध पनि आउन थालेको कुरा बताउनु भयो । जहा रहेपनी आफ्नो संस्कृति बचाउन र प्रबर्द्धन गर्ने उद्देश्य यसभित्र रहेको हुँदा यसलाई निरन्तरता दिदै जाने पनि उहाँले बताउनु भयो ।














Nepalese Rupee Converter
