टेलिचलचित्रबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् रञ्जना शर्मा । टेलिफिल्म खेल्दै निर्देशक श्याम भट्टराईसँग विवाह गर्न पुगेकी रञ्जना र श्यामबीच समय–समयमा तनाव पनि नआएको होइन । मिडियामा यी दुईबीचको सम्बन्धले रामै्र स्थान पनि पाइरह्यो । यसैबीच कहिले सम्बन्धविच्छेद त कहिले पुनर्मिलनजस्ता प्रसङ्ग आइरहेकै परिस्थितिमा रञ्जना एक्कासि अमेरिका पुगिन् । अमेरिकामा पुगेकी रञ्जनाले उतै घरजम गरेको समाचार मिडियामा आएपछि नेपालमा रहेका उनका पति श्याम विक्षिप्त हुन पुगे । यतिसम्म कि फेसबुकबाट समेत रञ्जनाले आफूलाई हटाएकोमा श्यामको चित्त दुखेको छ । तर, उता अमेरिकामा रहेकी रञ्जनालाई भने यो कुराले कुनै
पनि फरक परेको छैन । यसैबीच अमेरिकामा रहेकी रञ्जनासँगको यो साता फेसबुकमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
पनि फरक परेको छैन । यसैबीच अमेरिकामा रहेकी रञ्जनासँगको यो साता फेसबुकमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० कस्तो चलिरहेको छ अमेरिकी जीवन ?
– राम्रो छ, खुसी छु, सुखी छु ।
० नेपाल कहिले आउने ?
– अहिले होइन, केही समयपछि आउँछु ।
० नेपालमा रहेका आफ्ना पति श्याम भट्टराईको के छ नि ?
– धेरै भयो कुरा भएको छैन ।
० के अब छोडेको हो त ?
– त्यसै भन्नुप¥यो ।
० किन छोडेको नि ?
– विभिन्न कारण छन् ।
० रञ्जनाले अमेरिकामा विवाह गर्न लागेको कुरा के हो ?
– यसको वास्तविकता अब चाँडै खुल्नेछ ।
० श्यामजीलाई के छ सन्देश ?