नेपाली सिने क्षेत्रमा निर्देशक र नायिकाको नाम जोडिनु सामान्य भइसकेको छ। फिल्म खेलाउने नाममा धेरै निर्देशकले नायिकासँग मोजमस्ती गरेको चर्चा बेलाबखत चलिरहन्छ। निर्देशकसँग हिमचिम बढाएपछि सजिलैसँग फिल्म पाइने भएकाले प्रायः सबै नायिका कोही न कोही निर्देशकलाई आफ्नो वशमा पारिहाल्छन्। विगतमा पनि निर्देशक नरेश पौडेल र अरुणिमा लम्साल, शोभित बस्नेत र रेजिना उप्रेतीदेखि सुदर्शन थापा र सुष्मा कार्कीसम्मको रोमान्सको हल्लाले धेरै चर्चा पाएको थियो। कतिसम्म भने नेपाली सिनेमा उद्योगका सबैभन्दा सफल निर्देशकको रूपमा ख्याति कमाएका तुलसी घिमिरेको नाम पनि निरुता सिंहसँग जोडिएको...
थियो। यी त भए पुराना कुरा। कतिले बिर्सिसके पनि होलान्। तर, ती पुराना स्टोरीलाई फ्लप खुवाउने गरी निर्देशक र नायिकाबीचको अर्को एउटा नयाँ सम्बन्धले नेपाली सिने क्षेत्रमा चर्चा पाइरहेको छ। यसरी सहरमा गाइँगुइँ नै हुनेगरी निर्देशकसँग हिमचिम बढाउने नायिका हुन्, सीमा केसी। उनी र निर्देशक बाबु बलामी हरहमेशा सँगै देखिन थालेपछि धेरैले उनीहरूको सम्बन्धमा शंका गरेका हुन्। बाबुले अहिले सीमासँगको सम्बन्धका कारण चर्चा पाएका छन् भने सीमा पनि बाबुसँग आफ्नो नाम जोडिएपछि मख्ख भएको बताइएको छ। सीमालाई बाबुले नै करिब दुई वर्षअगाडि 'जंगल लभ'बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। त्यही गुन तिर्न सीमा बाबुसँग लहसिएको भनेर खिसी गर्ने नभएका पनि होइनन्। भलै त्यतिबेला उनीहरूबीच यति साह्रो हिमचिम थिएन, तर बाबुको अर्को चलचित्र 'यूज'मा सीमा मुख्य भूमिकामा अनुबन्धित भएपछि उनीहरूको सम्बन्ध धेरै मौलाएको बताइन्छ। सोही फिल्मको सुटिङकै क्रममा बाबुको ध्यान निदर्ेेशनमा भन्दा सीमातिर गएको भनेर चर्चा पनि भएको थियो। उनीहरूको सम्बन्ध कतिसम्म गाढा भएको छ भने फोटोसुट, सुटिङमा मात्र होइन्, मिडियामा अन्तर्वार्ता दिन जाँदा पनि बाबु सीमाको पिछा छाड्दैनन्। अझ सीमाको मोबाइलमा फोन गर्दा अधिकांश समय बाबु नै रिसिभ गर्छन्।