भ्यालेन्टाईन्स डे अर्थात प्रेम दिवसको अवसर पारेर रिलिज गर्ने भनिएको फिल्म 'मेरो भ्यालेन्टाईन' निर्धारित समयमा रिलिज हुन नसकेपछि निर्माण युनिटले गीतमा चित्त बुझाउनु परेको छ ।'फिल्म रिलिज गर्ने योजना थियो तर प्राबिधिक कारणले गर्दा सकिएन त्यसैले दर्शकहरूलाई हामीले भ्यालेन्टाईन उपहारको रूपमा गीत रिलिज गरेका छौं,' निर्माता शुशिल श्रेष्ठले भने- 'फिल्मको गीत भ्यालेन्टाईन स्पेसल भएकाले पनि यो समयमा हामीले रिलिज गरेका हौं ।'
उनले सार्वजनिक गीतलाई दर्शकले भ्यालेन्टाईन उपहारको रूपमा स्विकार्ने बिश्वास लिएको बताए ।चार जना पात्र निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र...
प्रताप शाह र सुस्मिता ढकालको प्रेमकथालाई बुनिएको यो फिल्मलाई सुरज सुब्बा 'नाल्बो' ले लेखन तथा निर्देशन गरेका हुन् । एक दशक यता संचालनमा रहेको पोष्ट-प्रोडक्सन कम्पनी सफ्ट ईमेज कम्पनीद्धारा पहिलो पटक निर्मित यो फिल्मको सार्वजनिक गीतमा सुगम पोखरेलको संगीत रहेको छ । यसअघि नै फस्टलुकको रूपमा प्रस्तुत गीतलाई रिलिज गरेका निर्माता सुशिलले यसपटक रंगसंयोजन गरेर प्रोमोश्नल गीत रिलिज गरेको बताए ।

सुगम पोखरेल र राजन तिमल्सिनाको शब्द रहेको यो गीतमा सुगम पोखरेल, अनिल सिंह, प्राश्ना शाक्य र श्रेया सोताङको स्वर रहेको छ । बैशाख महिनामा रिलिज गर्ने योजना बनाईएको यो फिल्मको अडियो गीत पनि रिलिज गरिएको छ । स्रोत: फिल्मी खबर