लमजुङकी सुमिना घिमिरेले सुर्खेतको बसाइसराइँलाई पनि स्थानान्तरण गर्दै राजधानी आएर नेपाली फिल्म क्षेत्रमा तीन वर्षको करियरमा जति धेरै सफलता र नाम कमाइन्, त्यति नै आफ्ना सम्बन्धमा विवाद र चर्चाको पनि सामना गरेकी छिन् । फिल्ममा करियर बनाउने सिलसिलमा संघर्षका दौरान अनेकन प्रसंगमा विवादमा मुछिएपछि उनको फिल्मी रफ्तार तीव्र गतिमा अगाडि बढ्दै आएको छ ।
यस क्रममा दुलही नामक एउटै फिल्मबाट चार संस्थाको अवार्ड यिनले पाइसकेकी छिन् ।

शुरूमा तिमी मेरो म तिम्रो नामक फिल्ममा सानो भूमिकामा अभिनय गरेर नेपाली रजतपटमा प्रवेश गरेकी
यी २३ वर्षीया कलिली सुन्दरीले जब फोटो सेसन गराइन्, निर्देशक ज्ञानेन्द्र देउजाको नजरमा परिन् । ज्ञानेन्द्रले उनलाई छविलाल कञ्जुस छैनमा हिरोइनका रूपमा डेब्यु गरेपछि सुमिनाले सडक, किन मायामा, दुलही, तिम्रो लागि, माइ ब्रदर, हेलो प्रकृति, रङजस्ता फिल्म लगातार पाइन् । रिलिज भइसकेका यी फिल्मले जस्तो व्यापार गरे पनि सुमिनाको करियरलाई भने अगाडि बढाउनै मद्दत गर्यो । त्यसैले उनका डेढ दर्जनजति फिल्म प्रदर्शनका लागि तयार छन् भने अहिले पनि खाली बस्नुपरेको छैन । फिल्ममा आएको छोटो समयमै गलत मानिसको सल्लाह र संगतले ठूला विवादको सामना गर्दागर्दा परिपक्व भइसकेकी यिनलाई अब त्यस्ता चर्चा र विवादले छुन छोडिसकेको छ ।

‘सानै उमेरमा मैले जति विवादको सामना गरें, जति नकारात्मक कुरा फैलिए, त्यसले मलाई डिस्करेजभन्दा पनि
केही गरेरै देखाउनुपर्ने रहेछ भन्ने पारेको छ’, पद्मकन्या क्याम्पसबाट ब्याचलर गर्न भ्याइसकेकी सुमिना भन्छिन्– ‘म केही पाउनलाई यो क्षेत्रमा आएकी होइन, सानैदेखिको रहर पूरा गर्नका लागि यसमा आएकी हुँ । ममीको इच्छा जब गरोस् भन्ने थियो । तर म बच्चैदेखि गाउने नाच्ने स्वभावकी थिएँ, मनमा कलाकार थियो, म जन्मेकै यसकै लागि हो । पढेर अरू पाइलट, डाक्टर, इन्जिनियर हुन्छन्, म हिरोइन भएकी छु । फिल्म क्षेत्र नै मेरो जब भएको छ ।’ सुमिनाको अनुभूति छ– ‘तर यहाँ सोचेजस्तो छैन, धेरै गाह्रो नै छ । जब आफ्ना बारेमा नेगेटिभ कुरा आउँछ, मलाई त फरक पर्दैन, तर परिवारलाई सम्झाउन कठिन हुन्छ । धन्न परिवारको सपोर्ट छ । यो उमेरमा एक्लै हिँडेर यो स्थान बनाएँ, त्यसमा मलाई गर्व छ । फिल्म क्षेत्रमा मेरो फ्यामिलीको मेम्बर कोही छैन, त्यसमा चाहिँ दुःख लाग्छ । कोही भएको भए मलाई यसरी गाह्रो पर्ने थिएन होला ।’ बिहेको बारेमा सुमिना यसो भन्छिन ‘म कुमारी होइन अविवाहित हो"