नेपाली सिने उद्योगका नायक राजेश हमालकी प्रेमिका भन्दै गत शुक्रवार साप्ताहिकले मधु भट्टराईसँगको अन्तर्वार्ता प्रकाशित गरेको थियो ।
तर त्यो अन्तर्वार्तामा उनको तस्विर भने प्रकाशित भएको थिएन । पत्रिकाका अनुसार नायक राजेश हमालकी प्रेमिका मधुले तस्विर नखिच्न आग्रह गरेकी थिईन् ।
उनको आग्रहलाई स्वीकार गर्दै अन्तर्वार्तामा उनको स्केच मात्र राखिएको थियो । अन्तर्वार्तामा मधुले आफ्नो व्यक्तिगत विवरण बारे त्यति खुलाएकी थिइनन् ।
अन्तर्वार्तामा उनले आफू सामान्य युवती भएको बताएकी थिइन् । तर उज्यालो अनलाइनले खोज्दै जाँदा राजेश हमालकी प्रेमिका भनिएकी मधु भट्टराईले यसअघि
नै सुन्दरी प्रतियोगितामा भाग लिइसकेको तथ्य फेला पारेको छ । यिनी उनै मधु भट्टराई हुन् जसले सन् २००२ मा काठमाडौंमा भएको मेगा मोडल कन्टेष्टमा फष्ट रनर अप भएकी थिइन् ।
नै सुन्दरी प्रतियोगितामा भाग लिइसकेको तथ्य फेला पारेको छ । यिनी उनै मधु भट्टराई हुन् जसले सन् २००२ मा काठमाडौंमा भएको मेगा मोडल कन्टेष्टमा फष्ट रनर अप भएकी थिइन् ।
यस्तै उनले सन् २००४ मा लक्स साबुनको प्रायोजनमा भएको लक्स ब्युटी स्टार नाम गरेको सुन्दरी प्रतियोगिताका पनि भाग लिएकी थिईन् । यही लक्स ब्युटी स्टारका क्रममा मधु र राजेशको भेट भएको श्रोतको दावी छ । मधुले पत्रिकालाई दिएको अन्तर्वार्तामा पनि राजेशसँग आफ्नो भेट ७-८ वर्ष अघि भएको बताएकी छिन् ।स्थायी घर धरान भएकी उनी काठमाडौंका बाँसवारीमा बस्छिन् । श्रोतका अनुसार उनलाई बाँसवारीमा बस्नका लागि फ्ल्याट र एउटा स्कुटी राजेश हमालले नै किनिदिएका हुन् ।
मेगा मोडल कन्टेष्टका बेला खिचिएको मधुको तस्विर र साप्ताहिकमा प्रकाशित स्केचबीच केही समानता छन् (जुन यही समाचारको तल प्रकाशित छन् ) । उज्यालो अनलाइनसँगको कुराकानीमा राजेश हमाल निकट श्रोतले पनि मधुले पहिला मोडलिङ गरेको भन्ने पुष्टि गरेको छ ।
मेगा मोडल कस्टेष्टमा भाग लिने बेलामा उनले एउटा अवसरको खोजीका लागि र मिडियाको नजरमा पर्नका लागि यस क्षेत्रमा लागेको बताएकी थिईन । उनले आफूलाई आइस क्रिम र चकलेट मन पर्ने बताएकी थिइन् ।
स्रोत: उज्यालो अनलाइन
स्रोत: उज्यालो अनलाइन