चलचित्रको पर्दामा हट दृष्य दिँदै आईरहेकी नायिका सुमिना घिमिरेले आफ्नो भरिएको बैंशालु जवानीलाई अप्रिल फूलमा उतार्ने भएकी छिन् ।
अप्रिल फस्टको कथावस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र अप्रिल फूलले प्रोमो सार्वजनिक गरेको छ । असार ७ गतेबाट प्रदर्शनमा जाने तयारी गरेको चलचित्र अप्रिल फूलमा सानो एउटा ढँट्याइले पछिसम्म कस्तो प्रभाव पार्छ भन्ने विषयमा केन्द्रीत रहेको छ ।
चलचित्रमा भरपुर ग्ल्यामरको प्रयोग गरिएको छ भने मनोरञ्जनको विविध पक्ष समाविष्ट छन् । भद्र भुजेलद्वारा निर्देशित चलचित्र अप्रिल फूलमा नायिका सुमिना घिमिरेको आकर्षक ग्ल्यामरस
भूमिकाले पनि चलचित्रलाई अझ चर्चायोग्य बनाएको छ ।
भूमिकाले पनि चलचित्रलाई अझ चर्चायोग्य बनाएको छ ।
कार्यक्रममा कार्यकारी निर्माता विनोद लामिछाने चलचित्र पारिवारिक भएको बताए । चलचित्र अप्रिल फूल भए पनि दर्शकहरुका लागि अप्रिल फूल हुने हामीले बनाएका छैनौं भन्दै लामिछानेले सफा र मनोरञ्जक चलचित्र बनाएको दाबी गरे ।
त्यस्तै चलचित्रका निर्देशक भद्र भुजेलले आफूले सकेसम्म मेहनत गरेर चलचित्रलाई राम्रो बनाएको दाबी गरे ।
कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र संघका महासचिव प्रदीप कुमार उदय, नेपा चलचित्र निर्माता संघका महासचिव केशव भट्टराई, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रिय लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए ।