रिमालाई निर्माण पक्षले रातारात राजी गराए पछि शुक्रबारदेखि नै आइटम गीतको छायांकनमा रिमा व्यस्त भएकी छन् ।
'स्वर' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री रिमाले आइटममा पहिलोपल्ट आफूलाई प्रस्तुत गरेकी हुन्। रिमाले 'गुन्युचोली लाउँदिन म मिनी स्कर्ट लाएँ, रोधी घर जाँदिन म डिस्को क्लब धाएँ' बोलको गीतमा नृत्य गरिरहेकी
छिन्। गीत तन्नेरी पुस्ताले पश्चिमा संस्कृति अँगालेको विषयमा केन्द्रित छ।
'गीत आफैंमा सुमधुर र सन्देशमूलक पनि भएकाले आइटम डान्स गर्न तयार भएकी हुँ,' रिमाले भनिन्।
शुक्रबारदेखि सुरु भएको आइटम डान्स सुटिङ सोमबारसम्म चल्ने नृत्य निर्देशक राजु शाहले जानकारी गराएका छन्। गीतको रचना डब्बु क्षेत्रीले गरेका हुन् भने संगीत चेतन सापकोटाको रहेको छ। गीत दुर्गा खरेलले गाएकी हुन्।
















Nepalese Rupee Converter
