नेपाली कथानक चलचित्र ‘प्राण भन्दा प्यारो’ यहि असोज ४ गतेबाट देशब्यापी रुपमा प्रदर्शन हुने। पञ्च परमेश्वर फिल्म प्रस्तुतीमा नारी माथी भइरहेको अपराधको कथावस्तुमा आधारित यो फिल्मलाई कमलकृष्णले निर्देशन गरेका हुन् ।फिल्ममा बाशु पुडासैनी, अनामिका चौलागाईँ, कमलकृष्ण, बिष्णु सापकोटा, सन्दिप बगाले, गणेश बगाले, दिपेन्द्र कुमार श्रेष्ठ, आशा खड्का लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मबाट नैबाशु र अनामिकाले नेपाली रजतपटमा डेब्यू गरेका हुन् ।आफुले सबैभन्दा बढि माया गरेको श्रीमानबाट नै श्रीमतीले कसरी लुटिनु र शोषित हुनुपर्छ ? र, त्यसको जटिल घडीमा एउटी भर्खर किशोरावस्था पार गरेर बिवाह गरेकी
नारीले कसरी प्रतिशोध लिन सक्छिन् ? भन्ने बिषय नै ‘प्राण भन्दा प्यारो’को कथा बनाईएको निर्देशक कमलकृष्णको भनाइ छ ।
निर्देशक कमलकृष्णको परिकल्पना तथा गणेश बगालेको कथामा तयार भएको यो फिल्मलाई मुकेश हुमागाईँले खिचेका छन् । गीतकार गणेश बगाले, धर्मेन्द्र मौरवैतासँगै अमितेश पौड्यालले लेखेको तथा कमलकृष्ण स्वयंमको संगीत रहेको फिल्मका गीतहरुमा मनिषा पोखरेल र राकेश खालिङको स्वर रहेको छ । राजेश शाहले सम्पादन गरेको ‘प्राण भन्दा प्यारो’मा द्वन्द्व भने चन्द्र पन्तको रहेको छ ।