अभिनेत्री तथा निर्मात्री रेखा थापा यतिखेर दोहोरो प्रचारको दौडधुपमा

कार्यकारी निर्माता छवी राज ओझा तथा निर्मात्री नायिका रेखा थापाको चलचित्र "काली' यही असोज २५ गते देखी पर्दर्शनमा आउने  भएको छ । त्यसैले अभिनेत्री रेखा थापा यतिखेर दोहोरो दौडधुपमा छिन् । फुलपाती रिलिजको काली र आगामी संविधान सभाको निर्वाचन प्रचारलाई लिएर रेखालाई भ्याइ नभ्याई छ । चावहिलको अम्वे अपार्टमेन्ट देखि पूर्व पति छवि ओझाको नमस्ते नेपाल कार्यालयमा रेखा निकै व्यस्त हुने गरेकी छिन् ।
रेखालाई पर्सा क्षेत्र नम्वर १ बाट आगामी संविधान सभा निर्वाचनको लागी एमाओवादीले प्रत्यक्ष उम्मेरद्वारको लागी सिफारिस गरेको छ । फिल्म र चुनावी प्रचारमा रेखा एक्लो
भने हुने छैनन् । रेखालाई पूर्व पती ओझाले साथ दिने वचन दिएका छन् । आईतबार वानेश्वर हाइटको नमस्ते नेपाल कार्यालयमा फिल्मीखबर पुग्दा छवि आगन्तुलाई स्वागत गर्दै चिया र चिसोको व्यवस्था मिलाउँदै थिए । रेखा भने पार्टीका कार्यकर्ता तथा मिडियाकर्मीसँगको गफमा व्यस्त थिइन्,फिल्मीखबरको रिपोर्ट ।
राजधानी र मोफसलका अधिकांश हल काली रिलिजको लागी बुक गरेका छविलाई प्रश्न सोधियो । कालीको प्रचार त आफैले गरिरहनु भएको छ, अब रेखा जीको चुनावी प्रचारमा पनि सहभागी हुनुहुन्छ कि ? उनले सहजै उत्तर दिए- ‘यदि रेखा जीले मेरो आवश्यकता महसुश गर्नुहुन्छ भने म चुनावी प्रचारमा हिड्न तयार छु ।’ उनले थपे- ‘रेखा मेरो सन्तान हो । हरेक अभिभावक सन्तानको सफलता माथि खुसी हुन्छ ।’
‘आगामी संविधान सभाको चुनावमा रेखाजीले विजयी हाँसिल गरेर अविर माला पहिरिएको हेर्न चाहन्छु । यसको लागी तन, मन र धनले उहाँलाई सहयोग गर्न तयार छु,’ छबिले भने । रेखालाई हर किसिमको सहयोग गर्न तयार रहेका छबिले आफूहरूको शारीरिक सम्बन्ध बाहेकको सबै सम्बन्ध रहेको बताए । चुनावी प्रचारमा रेखा र छविलाई सँगै देख्न पाइएला त ? त्यो भने प्रतिक्ष्याकै बिषय भएको छ। 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel