मिस वर्ल्ड २०१३ को ताज फिलिपिन्सकी सुन्दरी मेगन योङले पहिरिन । गत वर्षकी मिस वर्ल्ड वेन जिया यूले २०१३ की विजेता योङलाई ताज पहिर्याइ दिइन् । त्यस्तै फ्रान्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भएकी छन ।
इण्डोनेसियामा शनिबार सम्पन मिस वर्ल्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी इसानी श्रेष्ठ भने टप टेनमा पर्न सफल भएकी छिन् । प्रतियोगितामा इशानी शीर्ष ६ मा पर्दै उपाधि भिडन्तमा भने सहभागी हुन सकिनन् ।
इसानीले ‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेपछि टप १५ मा परेकी थिइन । उत्कृष्ट १० मा पर्नुअघि उनले
‘मेरो प्यारो माइतीघर’ बोलको गीतमा एक नृत्य प्रस्तुत गरेकी थिइन् । जसमा उनलाइ अरू प्रतिस्पर्धीहरूले नृत्यका लागी साथ दिएका थिए । यो मिस वर्ल्ड प्रतियोगितामा नेपाली सहभागीले नेपालका लागी पाएको अहिलेसम्मकै ठूलो सफलता हो ।