नेपाल एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश

नेपाल सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा तेश्रो पटक छनौट भएको छ । कप्तान विमल घर्तिमगरको हृयाट्रिकसँगै तुर्कमेनिस्तानलाई ४-० ले पराजित गरेको नेपाल एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । ३ खेलबाट ७ अंक जोडेको नेपालले समूह सीको शीर्ष स्थानमा रहँदै आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ फुटबलमा टिकट काटेको हो । एएफसी च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हुनेछ ।
नेपाल यसअघि सन् २००० र सन् २००६ मा एएफसी यू १६ च्याम्पियनसिपमा छनौट भएको थियो ।
दशरथ रंगशालमा आज नेपाललाई जिताउन कप्तान
बिमल घर्ती मगरले ह्याट्रिक गरे । पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका बिमलले ५२ औं मिनेटमा र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।  यस्तै ७४ औं मिनेटमा दिनेश राजबंशीले एक गोल गरे।
प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बहराइनले इराकलाई २–१ ले हराएको थियो । छनौट चरणको नेपालले पहिलो खेलमा बहराईनलाई २– शून्यले हराएको थियो भने दोश्रो खेलमा बलियो प्रतिद्वन्द्वी इराकलाई २–२ को बराबरीमा रोकेको थियो ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel