डिफेण्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै अफगानिस्तान साफ च्याम्पियनसिप फुटबलको नयाँ च्याम्पियन बनेको छ । बुधबार साँझ भएको फाइनल भिडन्तमा अफगानिस्तानले २-० को जित निकाल्दै उपाधि मात्र जितेन, सातौं संकरणमा उपाधि भिडन्तमा ५ पटकको विजेता भारतसँग व्यहोरेको हारको बदला समेत लिएको छ । सन् २००२ पछि फुटबलमा फर्किएको अफगानिस्तानले फुटबलमा हात पारेको यो ठूलो सफलता हो । त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको खेलमा अफगानिस्तानले नवौं मिनेटमा मुस्तफाको गोलबाट सुरुवाति अग्रता लिएको थियो । सुरुवाति गोल आएपछि आक्रमक खेल प्रस्तुत गरेको भारतले केही सुन्दर मौका गुमाएको
थियो । १७ औं मिनेटमा भारतका रोविन सिंहको प्रहार अफगान गोलरक्षक मन्सुरले उत्कृष्ट बचाउ गरे । लगतै काउन्टर आक्रमणमा अफगानका संजरले हानेको बल भारतीय गोलरक्षकले रोकेका थिए ।
थियो । १७ औं मिनेटमा भारतका रोविन सिंहको प्रहार अफगान गोलरक्षक मन्सुरले उत्कृष्ट बचाउ गरे । लगतै काउन्टर आक्रमणमा अफगानका संजरले हानेको बल भारतीय गोलरक्षकले रोकेका थिए ।
२३ औं मिनेटमा भारतका जेजेले बराबरी गोल गर्ने मौका गुमाए भने ३५ औं मिनेटमा अफगानिस्तानले अर्को खड्को टार्यो । अराताको प्रहार मन्सुरले बचाए पनि पूर्ण क्लियर नहुँदा जेजेले प्रहार गरे, जसलाई अफगान खेलाडीले गोललाइनबाट बताएका थिए ।
दोस्रो हापमा जेजेको स्थानमा भारतीय कप्तान सुनिल क्षेत्री मैदान प्रवेश गरे । मैदान प्रवेश गरे लगतै उनले केही मौका पाएपनि सदुपयोग गर्न सकेनन् । ६२ औं मिनेटमा अफगानिस्तान काउन्टरमा गोल गर्न सफल भयो । अफगान खेलाडीको प्रहार भारतीय गोलरक्षकले पूर्ण क्लयर गर्न नसक्दा पाएको मौकामा सन्जेर महमदीले गोल गरेका हुन् । ८९ औं मिनेटमा सुनिलको प्रहार बारमा लागेर फर्किँदा भारतीय समर्थक चुकचुकाएको थियो ।
अफगानिस्तानको जितमा गोलरक्षक मन्सुरको उत्कृष्ट प्रदर्शनको महत्वपूर्ण रहृयो । जर्मनबाट व्यवसायिक फुटबल खेल्ने उनले भारतका थुप्रै प्रहार बताएका थिए । सेमिफाइनलमा नेपाललाई हराउने क्रममा उनले रोहित चन्दको दुई पेनाल्टी रोकेका थिए ।
साफको उपाधि जितेपछि अफगानिस्तान सरकारले सबै खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको छ भने अजीज बैंकले फुटबल टोलीलाई २० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ ।