भुवन केसी र रेखा थापाजस्ता चलेका कलाकार एमाले र एमाओवादीमा प्रवेश गरेपछि नेपाली कांग्रेसको टाउको दुखाईको विषय बन्यो। सोही कारण सानेपा मुख्यालयले ‘महानायक’ राजेश हमाललाई पार्टी प्रवेश गराउन ज्यानपरान फालेर लागेको छ। मंसिर चारमा हुने संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने गरी अभिनेता हमाललाई पार्टीमा भित्र्याउन कांग्रसले निकै कसरत गरिरहेको छ भने हमालले पनि पार्टी प्रवेशको लागि कांग्रेस नेतृत्वसँग विभिन्न चरणमा छलफल गरिसकेको बुझिएको छ।
कांग्रेस सभापति सुशील कोइरालासँगको लामो छलफलपछि हमाल कांग्रेसमा प्रवेश गर्न लागेको कोइरालाका
निजी सचिव लक्ष्मण ढकालले बताए। चलचित्र क्षेत्रका ‘हस्ती’हरु राजनीतिक दलमा प्रवेश गरिरहेका बेला हमालले पनि कांग्रेसमा ‘शरण’ लिन लागेका हुन्। चुनावमा हमाल गृह जिल्ला पाल्पाबाट चुनाव लड्ने चर्चा चले पनि उनको नाम भने तीनवटै निर्वाचन क्षेत्रबाट सिफारिसमा नपरेकोले उनलाई काठमाडौंको कुनै एक क्षेत्रबाट प्रत्यक्षमा टिकट दिने या समानुपातिकबाट सिफारिस गर्नेबारे कोइरालाले आफूनिकट नेताहरुसँग छलफल गरिरहेको बताइएको छ। हमाल चर्चित र बौद्धिक भएका कारण उनलाई प्रत्यक्षबाट चुनाव लडाउने योजनामा छन् कोइराला। तर हमालले पनि कांग्रेस प्रवेश बारेमा सार्वजनिक रुपमा मुख खोलिसकेका छैनन्। यसअघि हमाललाई राप्रपा नेपालमा भित्र्याउने उद्धव पौडेलको प्रयास सफल हुन सकेको थिएन। source: glamournepal

Nepalese Rupee Converter