शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको हिन्दी फिल्म 'ग्राण्ड मस्ती' नेपालमा प्रदर्शन नहुने भएको छ । बिहिबार नेपालको चलचित्र जाँच पास समितीका सदस्यले फिल्म हेरे पश्चात फिल्ममा अश्लिलता धेरै रहेकाले प्रदर्शनको अधिकार नदिएका हुन् ।भारतमा झण्डै साढे दुई मिनेटको सिन काटेर एडल्ट सर्टिफिकेट पाएको यो फिल्म नेपालमा नचल्ने भएपछि वितरण कम्पनी दर्शना आर्टसलाई नेपाली ३२ लाख रूपैंया घाटा लाग्ने भएको छ । दर्शना आर्टसका सिईयो सुरेश दर्पण पोखरेलले भारू २० लाखमा फिल्म किनेको बताए । 'काट्नु पर्ने सिन काटेर चलाउँछौ भन्दा पनि बोर्ड सदस्यहरूले चलाउनै नमिल्ने भन्नुभयो,' फिल्म ब्याण्ड भएको खबर दिंदै सुरेशले
भने- 'हाम्रो रिलिज गर्ने प्रयास भने जारी नै छ ।'यता सेन्सर बोर्ड अध्यक्ष नारायण सञ्जेलले आफूले नचलाउन आदेश दिईनसकेको बताए पनि चल्ने सम्भावना न्यून रहेको बताए । फिल्मीखबरसँग कुरा गर्दै उनले भने- 'एउटा टेक्निकल कमिटी बनाएर फिल्म हेर्न अनुरोध गरेको छु । उक्त टिमले फिल्म हेरेर सिफारिस गरेपछि मात्र अन्तिम निर्णय आउने छ । तर यस्तो फिल्म चलाउन दिने पक्षमा हामी छैनौं ।' फिल्म काटेर चलाउछु भन्ने अनुरोध आएको बताउँदै सञ्जेलले भने- 'काट्ने नै भए त आधा भन्दा बढि फिल्म नै काटिन्छ । त्यसपछि दर्शकले हेर्न लायकको फिल्म बन्दैन ।'

कमेडी श्रेणीमा बनेको फिल्म ग्राण्ड मस्तीका अभिनेता विकेक ओब्रायले नेपालमा फिल्म हिट भए नेपाल आउने बताएका थिए । फिल्म नै नचल्ने भएपछि विवेकको नेपाल आउने सम्भावना पनि तुहिन सक्ने देखिएको छ । इन्द्रकुमारले निर्देशन गरेको यो फिल्ममा विवेकको साथमा अफताब, रितेश देशमुखको मुख्य भुमिका छ ।source: filmykhabr

Nepalese Rupee Converter