नायिका रेखा थापालाई चर्चित हास्यश्रृंखला 'मेरी बास्सै'मा देख्न पाइने भएको छ। असोज २५ गते रिलिज हुने आफ्नो नयाँ चलचित्र 'काली'को प्रमोशनका लागि रेखाले 'मेरी बास्सै'मा अभिनय गरेकी हुन्। उनले आइतबार बिहान काभ्रेको तीनपिप्ले गाविसमा सुटिङ गरेकी थिइन्।
टेलिशृंखलाका निर्देशक सिताराम कट्टेलले तीन भागसम्म रेखालाई देख्न सकिने जानकारी दिएका छन्। रेखालाई देखाइएको पहिलो भागचाही भोली मंगलबार प्रशारण हुनेछ। उनी 'मेरी बास्सै'मा विशेष भुमिकामा नभई आफ्नै रियल क्यारेक्टरमा प्रस्तुत हुँदैछिन्। उनलाई धुर्मुस, सुन्तली, खड्का जी, फतौरी बुढी, केपी ओलीलगायतका पात्रसँग टिभीमा
देखिने निर्देशक कट्टटेलले जानकारी दिए। यसअघि पनि रेखाले आफ्नो होम प्रोडक्सनको चलचित्र 'किस्मत'को प्रमोशनको लागि यो टेलिफिल्ममा अभिनय गरेकी थिइन्।
देखिने निर्देशक कट्टटेलले जानकारी दिए। यसअघि पनि रेखाले आफ्नो होम प्रोडक्सनको चलचित्र 'किस्मत'को प्रमोशनको लागि यो टेलिफिल्ममा अभिनय गरेकी थिइन्।
रेखाले धुर्मसको टिमसँग काम गर्दा निकै रमाइलो भएको प्रतिक्रिया दिएकी छिन्। यद्यपी कमेडी अभिनय गर्न आर्टिफिसियल पनि बन्नुपर्ने भएकोले केही गाह्रो भएको बताइन्। 'टेलिफिल्ममा पछि डबिङ नगरिने भएकोले 'लाउड' एक्सप्रेसन दिनुपर्ने रहेछ। त्यसैले केही असजह महसुस हुँदोरहेछ। तैपनी रमाइलो नै भयो,' रेखाले आफ्नो अनुभव सुनाइन्। साथै उनले यति चर्चित टेलिफिल्ममा अभिनय गर्न पाएकोमा खुशी पनि व्यक्त गरिन्।
















Nepalese Rupee Converter
