नायक आर्यन सिग्देलले आफ्नो चारवर्षे प्रेम सम्बन्धलाई पूर्णता दिँदै आफ्नी प्रेमिका सपना भण्डारीसँग इन्गेजमेन्ट गरेका छन्। बिहिबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुड ल्याण्डमा प्रेमिका भण्डारी संग आर्यनले औंठी साटेका छन्। आफ्ना नजिकका आफन्त तथा फिल्मीकर्मी र आर्यनका नजिकका केहि संचारकर्मीहरुको सहभागिता रहेको थियो। अभिनेता आर्यन सिग्देलले बैशाखमा बिहे गर्ने भएका छन् । झण्डै पाँच बर्षको प्रेम पश्चात आर्यनले सपना भण्डारीलाई घर भित्र्याउने तयारी गरेका हुन् ।
बिहिबार दिउँसो राजधानीमा एक समारोहका विच आर्यन र सपनाले औंठी साटासाट गरेर इन्गेजमेन्ट गरे ।
सिमित फिल्माकर्मी र दुईका आफन्त विच इन्गेजमेन्ट गरिएको हो । फूलमाला समेत साटासाट गरेका आर्यन र सपना समारोहमा निकै खुसी देखिन्थे ।
सिमित फिल्माकर्मी र दुईका आफन्त विच इन्गेजमेन्ट गरिएको हो । फूलमाला समेत साटासाट गरेका आर्यन र सपना समारोहमा निकै खुसी देखिन्थे ।
आर्यनले अभिनय गरेको फिल्म 'मधुमास' यहि कार्तिक ८ गते रिलिज हुँदैछ । यस अवसरले आर्यनको मधुमासको पब्लिसिटीलाई पनि सहयोग पुर्याउने आश गरिएको छ ।
















Nepalese Rupee Converter
