डि सिने अवार्डमा रेखा र जीवनले उत्कृष्ट नायक नायिकाको अवार्ड पाए

नायिका रेखा थापा र नायक जीवन लुइटेलले उत्कृष्ट नायिका तथा नायकको अवार्ड पाएका छन् । काठमाण्डौमा आज सम्पन्न ‘एचटीभी फिल्मीखबर डी सिने अवार्ड’मा रेखा र जीवनले क्रमश ‘लंका’ र ‘नोटबुक’ चलचित्रबाट अवार्ड जीतेका हुन् । नेपालमा बर्षभरी बनेका डीजीटल सिनेमाहरुलाई समावेश गर्दै विगत ५ बर्षदेखि यो अवार्ड प्रदान गरिदै आएको छ । कमलपोखरीस्थित एकेडेमी हलमा सम्पन्न डि सिने अवार्डमा लंका फिल्मबाट रेखा थापाले उत्कृष्ट अभिनेत्री र नोटबुकबाट जीवन लुइँटेलले उत्कृष्ट अभिनेताको अवार्ड उचाले ।
रेखा र जीवन सँगै फिल्म रिदम उत्कृष्ट फिल्म ठहरियो । यसै फिल्मबाट विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड हात
पारे । क्रिटिक्स, जुरी र पब्लिक च्वाईस गरि ३१ बिधामा बाँडिएको सो अवार्डमा मायाज बार, नोटवुक र रिदमको वर्चस्व रह्यो । मायाज बारका निर्देशक दिनेश डिसी र अभिनेत्री निशा अधिकारीलाई  क्रिटिक्स अवार्ड दिइयो भने अर्पण थापाले फिल्म धन्दा मार्फत पहिलो पटक क्रिटिक्स अभिनेताको अवार्ड पाए । मञ्जरी फिल्मका फोहोरी केटा गौरव पहारीले पव्लिक च्वाइसको अवार्ड हात पारे । शिरिषको फुललाई जुरी अवार्ड प्रदान गरियो ।
अभिनेत्री सर्मिला मल्ल र मदनदास श्रेष्ठलाई चलचित्रकर्मी रजत सम्मान प्रदान गरियो । छायाँछवि पत्रकारिता सम्मानबाट राजन घिमिरे सम्मानित भए । नेपालमा थ्रिडी फिल्म भित्र्याउने आश्मा फिल्मस्का दिपेन्द्र के. खनाललाई स्टार एफएफ इन्करेज्मेन्ट अवार्ड दिइयो ।
Photo: onlinekhabar
यो कम्पनीले थ्रिडी भिजिलान्ते फिल्म निर्माण गरेको थियो । प्रल्हाद तिमल्सिना र मिलन अमात्यले काली फिल्मको 'स्लोली स्लोली...' र सनुप पौडेलले मञ्जरी फिल्मको 'हे दैव...' वोलको गीत गाए । गजित विष्ट, अशिष्मा नकर्मी, विनोद श्रेष्ठ, रिस्ता बस्नेत, एनी कुँवर समुहको नृत्यले अवार्ड कार्यक्रम गरम बनेको थियो । दिपाश्री निर्रौला, दिपकराज गिरी र शैलेन्द्र सिम्खडाको हाँस्य व्याङ्ग्यले कार्यक्रममा हाँसोमय बन्न पुग्यो ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel