नेपाली चलचित्र ‘सौर्य’को फस्टलुक पोस्टर तथा प्रोमो र गीत सार्वजनिक

नेपाली कथानक चलचित्र ‘सौर्य’को फस्टलुक पोस्टर तथा प्रोमो र गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा महानायक हमालसहित सौगात र अनुपले संयुक्त रुपमा प्रोमो सार्वजनिक गरेका हुन्। मंसिर २८ गते अलनेपाल रिलिज हुने भनिएको चलचित्रको आइतबार एक समारोहका बीच पोस्टर, प्रोमो तथा गीत रिलिज गरिएको छ। हाकिम ईन्टरटेन्मेन्टको व्यानरमा तयार भएको यो चलचित्रलाई नेपालकै पहिलो सुपरहिरो सिनेमा भनिएको छ। चलचित्र सुरेन्द्र गुरुङको लगानीमा तयार भएको हो। मार्केन्डे दिपबिम बस्नेतले निर्देशन गरेको चलचित्रमा नवनायक अनुपविक्रम शाहीलाई सुपरहिरोको रुपमा देख्न सकिन्छ। अनुपसँगै ‘लुट’का हाकु
काले अर्थात सौगात मल्ल र महानायक राजेश हमाल पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा छन्।
चलचित्रमा महानायक हमाललाई ऐतिहासिक पात्रको महत्वपूर्ण भूमिकामा देख्न सकिने बताइएको छ। सार्वजनिक दुवै प्रोमोमा महानायक हमाललाई देखाइएको छैन्। सौगातमै प्रोमो केन्द्रीत छ।
रामेश्वर कार्कीको छायांकन, शंकर महर्जनको द्वन्द्व, विशाल कोइराला, चन्दन दत्तको सम्पादन रहेको ‘सौर्य’मा सेक फोर बाट्सको संगीत छ। चलचित्रमा राजेश हमाल, सौगात मल्ल, हेमा श्रेष्ठ, अनुप विक्रम शाही, रवि बस्नेत, सुशिल पोखरेल, रविन्द्र खड्का लगायतको अभिनय रहेको छ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel