संविधानसभाको दोस्रो निर्वाचनका लागि आज देशभर मतदान हुँदै

संविधानसभाको निर्वाचन देशभर मंगलबार बिहान ७ बजेदेखि शुरु भएको छ । निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न देशभरका मतदाता उत्साहका साथ निर्धारित मतदान केन्द्रहरुमा लामबद्ध भएर मतदान गरिरहेका छन् । बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य साँझ ५ बजेसम्म जारी रहनेछ ।
सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले देशको राजनीतिक रुपरेखा तय गर्न दोस्रोपटक संविधानसभाको निर्वाचनमा मत हाल्न शुरु गरेका हुन् । आफ्नो संविधान आफ्नै प्रतिनिधिमार्फत लेख्नका लागि जनताले छ दशकदेखि विभिन्न आन्दोलन गरी ठूलो बलिदान दिइसकेका
छन् ।आजको निर्वाचनमा करिब एक करोड साढे एक्काइस लाख मतदाताले अठार हजार ४५७ मतदान केन्द्रमा मत खसाल्ने छन् भने प्रत्यक्षतर्फ २४० र समानुपातिकतर्फ ३३५ गरी ५७५ जनप्रतिनिधि संविधानसभाका लागि चुनिनेछन् । बाँकी २६ जना राष्ट्रिय जीवनका प्रतिष्ठित व्यक्तिहरुमध्येबाट नवनिर्वाचित सरकारले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानसभामा जम्मा ६०१ सदस्यको प्रतिनिधित्व हुनेछ ।
विश्वमै  संविधानसभाका लागि दोस्रोपटक निर्वाचन भएको इतिहास विरलै पाइन्छ । यस निर्वाचनले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन पद्धति लगायतका विषयलाई संविधानसभाले बनाउने नयाँ संविधानबाट टुङ्गो लगाइने विश्वास गरिएको छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel