हङकङलाई हराउँदै नेपाल ट्वान्टी-२० विश्वकप क्रिकेटमा छनोट भयो

नेपालले ट्वान्टी–२० विश्वकपमा छनोट प्रतियोगितामा हङकङलाई पाँच विकेटले हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदान बुधबार भएको खेलमा हङकङलाई हराउँदै नेपालले सुनौलो इतिहास रचेको हो । जारी प्रतियोगितामा समूह बी मा तेस्रो भएको नेपालले समूह ए बाट दोस्रो भएको हङकङलाई हराउँदै पहिलो पटक विश्वकपमा छनोट हुने अवसर पाएको हो । यो खेलसँग सोझै विश्वकपमा स्थान पाउने नेपाल तेस्रो टोली बनेको छ । आजको खेलमा टस हार्दै हङकङले पहिलो ब्याटिङ गर्नुपरेपछि सात विकेटको क्षतिमा १४३ रन बनाएको थियो । जितका
लागि १४४ रनको लक्ष्य पहिल्याएको नेपालले अन्तिम बलमा एक रनका आवश्यक रहँदा शरद भेस्वाकरले रन लिन सफल भएपछि नेपाल विजयी भएको हो ।
नेपालका कप्तान पारस खड्का ३९ बलमा ४६ रन, उपकप्तान ज्ञानेन्द्र मल्लले २७ बलमा ३ चौकाको सहयोगमा ३० रन, सागर पुनले १९ बलमा ३ चौकाको मद्दतमा २२ रन र शरद भेस्वाकरले ७ बलमा १३ रन बनाए ।
नेपालका लागि जितेन्द्र मुखियाले तीन विकेट, अविनाश कर्णले दुई विकेट र पारस खड्काले एक विकेट हात पारेका थिए । हङकङका लागि वाकस वर्कात र निजाकतले समान २५ रन बनाए भने अन्य खेलाडीले खासै योगदान दिन सकेनन् ।
आगामी वर्षको मार्चमा बङ्गलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको छ । विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह ‘ए’ बाट आयरल्यान्ड र समूह ‘बी’ बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।
विगत १७ वर्षे लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा विश्वकप खेल्ने नेपालको चाहना यो खेलबाट पूरा भएको हो ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel