प्रचण्ड र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच एक्कासी भेटवार्ता

एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच आइतबार एक्कासी भेटवार्ता भएको छ । एमाओवादी नेता कृष्णबहादुर महराको निवास धोविघाटमा भेटवार्ता भएको हो । चुनावी प्रक्रियाको बहिस्कार गरेको माओवादी र निर्वाचनपछि धाँधली भएको आरोप लगाउँदै मतगणना बहिस्कार गरेको २ माओवादी अध्यक्षबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ । भेटमा विकसित राजनीतिक अवस्था र  दुई माओवादीबीच  आगामी दिनमा गर्न सकिने सहकार्य तथा रणनीतिको विषयमा छलफल भएको बताइएको छ । सो भेटवार्तामा एमाओवादीका तर्फबाट प्रचण्ड, बाबुराम भट्टराई र कृष्णबहादुर महरा थिए भने वैद्य तर्फबाट
अध्यक्ष वैद्यसहित महासचिव रामबहादुर थापा बादल र सचिव देव गुरुङ सहभागी थिए । यसैबीच एमाओवादी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र संघीयसमाजवादी पार्टीबीच पनि संयुक्त छलफल भएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा समसामयिक राजनीतिक अवस्था,  चुनावी विषय र आगामी दिनमा  गर्न सकिने सहकार्यलगायतका विषयमा छलफल भएको बताइएको छ । एमाओवादीसहित फोरम  र समाजवादीले चुनावमा धाँधली भएको आरोप लगाउँदै मतगणना बहिस्कार गरेको घोषणा गरेका थिए । 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel