कमेडी नेपाली चलचित्र झोलेको पोस्टर तथा ट्रेलर सार्बजनिक

चलचित्र द युग देखि युग सम्म बाट निर्देशन यात्रा थालनी गरेका निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको सबै चलचित्रहरु फरक फरक क्याटगोरिको हुने गर्दछन्। पहिलो चलचित्रमा उनले राजेश हमालको गेट अप परिवर्तन गरेका थिए भने चलचित्र चपली हाईट फरक प्रकृतिको बिषय बस्तुमा बनायर ब्यापारिक किर्तिमान राख्न सफल भए। त्यस पछि थ्री डी चलचित्र झोले बनाएर नेपाली चलचित्र इतिहासमा कृतिमान कायम गर्न सफल बने उनै निर्देशक खनाल अब कमेडी चलचित्र लिएर बजारमा आउंदै छन्। डार्क कमेडी चलचित्र भनिएको चलचित्र ‘झोले’ फागुन ९ गते बाट प्रदर्शनमा आउने भएको छ। मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रमको
आयोजना गरि चलचित्रको पोस्टर तथा ट्रेलर सार्बजनिक दिपेन्द्र के खनालको निर्देशन तथा टेकेन खड्काको निर्माण रहेको ‘झोले’को कथा शान बस्न्यातले लेखेका हुन्। दयाहाङ् राई, प्रियंका कार्की, ए गुरुङ्, शिशिर राणा, शंकर आचार्य, माधव आचार्य आदिको अभिनय रहेको छ।

हरि लम्साल र अनुपन शर्माको संगीत रहेको ‘झोले’का गीतमा राजेश पायल राई, रजिना रिमाल र अनुपम शर्माको स्वर तथा भुपेन्द्र खड्का र दयाहाङ् राईका शब्द रहेका छन्। चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्। 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel